Advertisement
ताजा खबर
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी

उपेन्द्र यादवको रिट हेर्न भ्याइएन, बुधबारलाई पेशी

प्रतिक्षा खबर
२०८१ जेष्ठ ७, सोमबार २०:०२

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याउने हुँदै स्थगित भएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएको मुद्दा अन्तिममा पेशी रहेको थियो । ढुंगानाको एकल इजलासले ८ वटा मुद्दामा सुनुवाइ गर्दै आदेश गरेको थियो भने यादवको मुद्दा १२ औ नम्बरमा पेशी रहेको थियो ।
यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।
अदालतमा सुनुवाइको पालो नआउँदा मुद्दाको पेशी मङ्गलवारका लागि सरेको छ भने प्रधानमन्त्रीले विश्वासको मत लिएका छन् । प्रधानमन्त्री प्रचण्डले १५७ मत पाउँदै विश्वासको मत लिएका छन् । उनलाई राई पक्षका ७ जनाले पनि मत दिएका छन् ।
यादवले उनीहरूलाई रोक्न सभामुखलाई पनि पत्र पठाएका थिए । तर सभामुखले त्यसलाई बेवास्ता गर्दै विश्वासको मत दिने प्रक्रियामा सहभागी गराएका थिए । यादवले राई पक्ष हाल कुनै पनि दलमा नरहेकाले विश्वासको मत दिन नमिल्ने जिकिर गरेका थिए ।
अब मंगलबार मात्र यो विवादमा सुनुवाइ हुँदै आदेश हुने छ। मङ्गलवार हुने सुनुवाइमा यसको औचित्यमाथि पनि बहस हुने छ। प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेकाले रिट खारेज पनि हुनसक्ने सम्भावना देखिन्छ । त्यस्तै मङ्गलवार नै यादवले दायर गरेको दल विभाजनको मुद्दाको पनि पेशी तोकिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर