Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज

प्रतिक्षा खबर
२०८१ पुष ३, बुधबार २०:१७

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसार्ईंंले बैंकविरुद्ध अदालतमा दायर गरेको उच्च अदालत विराटनगर इलाम इजलासले खारेज गरेको छ ।

बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । उक्त रिटको अन्तिम सुनुवाइ गर्दै इलाम इजलासका मुख्यन्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले मंगलबार रिट खारेज गरेको हो ।

कुमारी बैंकको शाखा कार्यालय बिर्तामोडसहित चार वटा बैंकलाई प्रतिवादी बनाएर प्रसाईंले २०८० असार ८ गते निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । यो रिटमा इलाम इजलासले २०८० असार १० गते कारण देखाऊ आदेश जारी गरेको थियो । १८ पटक पेशी चढेको यो रिटको सुनुवाइ ९ पटक स्थगित भएको थियो । कुमारी बैंकको बिर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैंकलाई ऋण असुल गर्ने बाटो खुलेको छ ।

प्रसाईंको अभियानका कारण ग्रामीण क्षेत्रमा काम गरिरहेका लघुवित्त वित्तीय संस्थाको लगानी र ऋण असुली प्रभावित हुँदै आएको थियो । वित्तीय संस्थाविरुद्ध गतिविधि गर्नका लागि प्रसाईंले समूह नै तयार गरेका थिए । आफ्नै अस्पतालका लागि लिएको ऋणको असुली रोक्नका लागि भने उनी अदालत पुगेका थिए ।

‘रिट निवेदकले विपक्षी बैंक उपर यसै निवेदनलाई उल्लेखित ऋण कर्जाको विषयलाई लिएर करारको यथावत् परिपालन गराइ पाउ भनि मुद्दा दायर गरी साधारण क्षेत्राधिकार अन्तरगत कानुनी उपचारको प्रक्रिया अवलम्बन गरिसकेको देखिएको,’ रिट खारेज गर्दै अदालतको राय किताबमा भनिएको छ,‘….मिति २०८०–१– १० को पत्रको प्रयोजन नै समाप्त भइसकेको देखिएको समेतबाट प्रस्तुत निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने विद्यमान अवस्था देखिएन ।’ पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि प्रसाईंले चारवटा बैंकबाट २ अर्बभन्दा बढी ऋण लिएका छन् । प्रसाईंलाई बिएन्डसी मेडिकल कलेज सञ्चालनका लागि गत चैतमा सर्वोच्च अदालतले बाटो खोलिदिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर