Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

नवलपरासीमा माओवादी केन्द्रका नेता कुर्मी विरुद्ध करणीको उजुरी 

प्रतिक्षा खबर
२०७८ आश्विन १७, आईतवार ०८:१७

सुरेश यादव,नवलपरासी/असाेज

नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) पश्चिम नवलपरासीका जिल्ला नेता जनार्दन कुर्मी माथि जबर्जस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय परासीमा उजुरी परेको छ ।

पश्चिम नवलपरासीको सदरमुकाम परासी निवासी २३ वर्षीय महिलाले माओवादी जिल्ला नेता जनार्दन कुर्मीले आपूmमाथि जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजु लामाले बताए ।
लामाका अनुसार महिलाले उजुरीमा योनाङ्गमा लिङ्ग प्रवेश गराएर करणी गरेको उल्लेख नगरी योनाङ्गमा जबरजस्ती हातका औला प्रवेश गराएर करणी गरेको उल्लेख गरेको छ ।

नेकपा (माओवादी केन्द्र) नवलपरासीको जिल्ला सचिवालय सदस्य एवं जिल्लाको मधेशी मुक्ति मोर्चाको जिल्ला ईन्चार्ज समेत रहेका कुर्मीले पीडित महिलालाई करणीको प्रयास गर्ने क्रममा संवेदनशिल अंगहरुमा छोए पछि महिलाले प्रतिवाद गरेको प्रतिवाद गरे पछि कुर्मीले महिलालाई निर्घाट रुपमा कुटपिट समेत गरेको पीडित महिलाका श्रीमानले बताएका छन् ।

परासीमा ब्यावसाय गर्दै आएकी पीडित महिलालाई कुर्मीले पहिला पनि अभद्र ब्यावहार गरेका कारण छिमेकीको मध्यस्थानमा छलफलबाट विवाद मिलाईएको बताईएको छ ।

पीडित महिलाका श्रीमान् जागिरका क्रममा जिल्लादेखि बाहिर बस्दै आएका थिए । कुर्मीका विरुद्ध उजुरी परे पछि जिल्ला प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डिएसपी राजु लामाले घटनाको अनुसन्धान भईरहेको, मेडिकल रिपोर्टका लागि पठाएको र दोषी भनिएका कुर्मीको खोजतलास जारी रहेको बताउनुभयाे ।

कुर्मीले पार्टी अनुशासन विपरित काम आरोप लागे पछि नेकपा (माओवादी केन्द्र) नवलपरासीले अनुसन्धानका लागि नेता कुर्मीलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) नवलपरासीका जिल्ला ईन्चार्ज घनश्याम यादवले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर