Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

काेराेनाकाे कारण मृत्यु भएकाे ३८व्यपारीकाे वडा सिल गरियाे

प्रतिक्षा खबर
२०७७ श्रावण १३, मंगलवार ०९:१५

कोरोनाका कारणले मृत्यु भएका धनुषाको शहिदनगर नगरपालिका वडा नंं ८ डुमरीया बजारमा व्यापार गर्दै आएका वर्ष ३८ का व्यापारीको कोरोनाका कारणले मृत्यु भएकाले आज विहान देखि डुमरीया बजार सिल गरिएको छ ।
कोरोनाको लक्षण सहित प्रादेशिक अस्पतालमा भर्ना भएका उनलाई भेन्टिलेटरको अभावले राख्न नसकेका कारणले मृत्यु भएको पुष्टि भएपछि नगर संक्रमण नियन्त्रण व्यवस्थापन समितिको वैठकले उक्त बजार सिल गर्ने निर्णय गरेको छ ।
साथै मृतकको सम्पर्कमा रहेका व्यक्ति तथा परिवारलाई पाँच दिनसम्म घर बाहिर ननिष्कनका लागि आग्रह सहित गर्ने निर्णय गरेको छ ।
नगरपालिकाका प्रमुख उदय बरबरीया यादवको अध्यक्षतामा बसेको वैठकले डुमरीया बजार तथा मृतककोे सम्पर्कमा रहेकाहरुको कन्ट्राक्ट्रेसिङ्ग गर्ने र त्यसका लागि १ सय थान भिटिएम तत्कालका लागि सम्बन्धित निकायसंग माग गर्ने निर्णय भएको छ ।
यसै गरि नगरपालिकामा संक्रमण फैलिन नदिनका लागि आज लाग्ने हटिया बजार लाग्न नदिने निर्णय भएको छ । सवै सुरक्षा निकायहरुको उपस्थितिमा भएको वैठकले नगरपालिकाको वडा नंं ८ को सवै कामकाज १ साताको लागि बन्द गर्ने निर्णय गरेको छ ।
तर स्वास्थ्य सहित अत्यावश्यक कामकाज अगाडी बढाउने निर्णय भएको नगरप्रमुख उदय बरबरीयाले जानकारी दिनु भयो ।
यसै गरि परीक्षण नभएसम्मका लागि वडा नंं ८ का सवै जनालाई होम क्वारेन्टाईनमा वस्नका लागि आग्रह गर्दै उक्त वडामा १ सय व्यक्तिको कोरोना परीक्षण गर्न आवश्यक रहेको महशुस गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थापनका लागि जिल्ला तथा प्रदेश सरकारसंग माग गर्ने निर्णय भएको छ ।
कोरोनाका संक्रमणले मृत्यु भएका यूवालाई मुटु रोगको समस्या रहनुका साथै निजले लकडाउनको अवधिमा सामान खरिद गर्नका लागि भारतको सीमावर्ती बजारमा गएको देखिएकाले सीमानामा थप कडाई गर्ने निर्णय गरिएको छ ।
साथै नगरक्षेत्रमा आवश्यक सुरक्षा सावधानी अपनाउनका लागि प्रचार प्रसारमा जोड दिनुका साथै भारतमा कसैलाई पनि जान नदिने र आउने माथि पनि कडा निगरानी गर्ने निर्णय भएको छ । सभार रेडियाे नेपाल

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर