Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सिके राउतलाई कांग्रेस नेता यादवले भने- हामीमाथि औंला उठाउने अधिकार छैन

प्रतिक्षा खबर
२०८१ पुष २३, मंगलवार १७:५६

२३ पुस, जनकपुरधाम । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवले मधेशमा कांग्रेस र नेकपा एमालेप्रति आरोप लगाउने अधिकार जनमत पार्टीलाई नभएको बताएका छन् । जनमतले लगाएको आठबुँदे गम्भीर आरोपको खण्डन गर्दै उनले यस्तो बताएका हुन् ।

मधेश प्रदेश सभाको चौथो अधिवेशनको प्रथम बैठकमा शुभकामना मन्तव्य राख्दै कांग्रेस संसदीय दलका नेता समेत रहेका यादवले जनमतका अध्यक्ष डा। सिके राउतले लगाएको आरोप पुष्टि गर्न चुनौती समेत दिए ।

मधेशमा कांग्रेस र एमालेप्रति आरोप लगाउने अधिकार राउतलाई नभएको उनको तर्क छ । उनले बौद्धिक रूपमा डा. सिके राउत अगाडि भए पनि व्यवहारिक रूपमा कमजोर रहेको आरोप लगाए ।

‘जनमतका अध्यक्ष डा. सिके राउतले कांग्रेस र एमालेप्रति के आधारमा मुख्यमन्त्रीलाई घेराबन्दी गरेर भ्रष्टाचार गरेको भन्नुभयो । आउनुस् डिबेट गर्नुस्,’ उनले भने, ‘आफू गर्न सकेन भने अरूलाई दोष देखाएर हुन्नँ । मधेशमा तपाईंकै नेतृत्वको सरकार छ । कांग्रेस(एमाले सत्ता घटक दल हो । गर्न सकेन भने मुख्यमन्त्रीसँग सोध्नुस् । कांग्रेस र एमालेमाथि औंला उठाउने अधिकार तपाईंलाई छैन ।’

उनले सरकारले अहिलेसम्म विकासे काम नै अघि बढाउन नसकेको र मुख्यमन्त्रीले नै कर्मचारीको सरुवा/बढुवा लगायतको बढी काम गरेको बताउँदै कसले भ्रष्टाचार गर्‍यो भन्ने कुरा प्रष्ट हुने तर्क गरे ।

विगतमा जतामा थुप्रै आश्वासन बाँडेको र सत्तामा आएपछि सरकारले काम अघि बढाउन नसकेकाले आफैँ गर्न नसक्ने र अरूमाथि औंला उठाउने अधिकार डा. राउतको नभएको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर