• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मुख्यमन्त्री राउतद्वारा जानकी मन्दिर सौन्दर्यीकरणको स्थलगत निरीक्षण दुई साता भित्र पहिलो चरणको कार्य सम्पन्न गर्न निर्देशन


मुख्यमन्त्री राउतद्वारा जानकी मन्दिर सौन्दर्यीकरणको स्थलगत निरीक्षण दुई साता भित्र पहिलो चरणको कार्य सम्पन्न गर्न निर्देशन

जनकपुरधाम, पौष २९ । मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिरमा जारी सौन्दर्यीकरण कार्यको स्थलगत निरीक्षण गर्नु भएको छ ।
प्रदेशको गौरवको योजनाको रुपमा रहेको जानकी मन्दिर सौन्दर्यीकरणको पहिलो चरणको कार्य अन्तिम चरणको पुगेको बेला मुख्यमन्त्री राउत सहितको टोलीले स्थलगत निरीक्षण गर्नु भएको छ ।
निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले उक्त योजनाको प्रगतिवारे जानकारी लिनु हुँदै दुई साता भित्र पहिलो चरणको कार्य सम्पन्न गर्न निर्देशन दिनु भएको छ । उहाँले पहिलो चरणको कार्य सम्पन्न भए लगतै जानकी मन्दिरलाई थप आकर्षक बनाउन दोस्रो चरणको कार्य शुरु गरिने जानकारी समेत गराउनु भयो । दोस्रो चरणको योजनाको लागी मन्दिर संग सरोकार राख्ने महन्थ, नागरिक समाज , राजनीतिकर्मी ,संचारकर्मी समेतको राय सुझाव लिन समेत उहाँले परियोजना प्रमुखलाई निर्देशन दिनु भएको हो ।
उक्त अवसरमा मुख्यमन्त्री राउतले जानकी मन्दिर परिसरमा गाडीलाई पूर्ण प्रतिवन्ध गर्नुका साथै श्रद्धालुहरुलाई जुत्ता चप्पल समेत परिसर बाहिरै राख्न लगाउनका लागी सुरक्षाकर्मी परिचालन गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई निर्देशन समेत दिनु भयो ।
मन्दिरलाई सधैभरि सफा राख्न प्रदेश सरकारले सफाई कर्मी नै नियुक्त गर्ने जानकारी गराउनु हुँदै मुख्यमन्त्री राउतले मन्दिरको सौन्दर्यीकरणको लागी रकमको आभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनु भयो । उहाँले मन्दिरको अगाडीमै रहेको जानकी फुलवारी सौन्दर्यीकरणको कामलाई समेत अगाडी बढाउन निर्देशन दिनु भएको हो ।
सोही अवसरमा मुख्यमन्त्री राउतले मन्दिर परिसरमा जडान गरिएको टावर लाइटको उद्घाटन समेत गर्नु भएको छ ।
स्थलगत निरीक्षणको क्रममा जनकपुरधाम उपमहानगरका प्रमुखलाल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव यम भुषाल, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, स्वच्छता अभियानका डिई भगवान झा सहितको उपस्थिति रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२९ पुष २०७७, बुधबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२९ पुष २०७७, बुधबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२९ पुष २०७७, बुधबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२९ पुष २०७७, बुधबार
Next Post
१० किलो गाँजा सहित गाैशला नगरपालिकाकाे श्रीमान श्रीमती पक्राउ

१० किलो गाँजा सहित गाैशला नगरपालिकाकाे श्रीमान श्रीमती पक्राउ

संचार क्षेत्रको बिकासमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

संचार क्षेत्रको बिकासमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh