• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कैलाश महतोले गरे ‘स्वाधीन मधेस जनअभियान’ गठन


कैलाश महतोले गरे ‘स्वाधीन मधेस जनअभियान’ गठन

डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट अलग भएका प्रभावशाली नेता कैलाश महतोले ‘स्वाधीन मधेस जनअभियान’ गठन गरेका छन् ।
जनकपुरमा आइतबार पत्रकार सम्मेलन गरी नेता महतोले जनअभियानको घोषणा गरेका हुन् ।
अलग मधेस देशका लागि संघर्ष गर्दा पटक–पटक मुद्दा उठाएका महतोले अब नेपालभित्रै स्वतन्त्रता खोजिने बताएका छन् ।
‘स्वतन्त्रता भनेको भूमिको स्वतन्त्रता होइन’, उनले भने, ‘मधेसी जनतामाथि राज्यद्वारा लादिएको दोहन, शोषण, अन्याय, अत्याचार, भ्रष्टाचार, दुरुचार र अनियमितताबाट हुने पूर्ण मुक्ति नै स्वतन्त्रता हो ।’
उनले भने, ‘मधेसले चाहेको सोही मुक्ति र स्वतन्त्रतालाई मधेसी जनताले स्वाधीनता मानेको छ ।’
‘स्वाधीन मधेस जनअभियान’ एक स्वतन्त्र राजनीतिक अभियान भएको भन्दै यसले राष्ट्र (जनता) मुक्तिको वकालत गर्ने महतोले बताए । उनले भने, ‘यो अभियान एक बोद्धिक, बैचारिक र भौतिक आन्दोलन पनि हो ।’
मधेससँग राज्यले विभिन्न समयमा गरेको सम्झौताको कार्यान्वयण र मधेसका लागि गद्दार गरेकाहरूको भण्डाफोर यो अभियानले गर्ने उनको भनाई छ ।
संयोजक महतोले काठमाडौं र मधेसबीच समानतामा आधारित राजनीतिक, आर्थिक, सामरिक, प्रशासनिक र शासकीय सम्बन्ध स्थापित हुनुपर्ने सहितका ५० बुँदे राजनीतिक अवधारणा समेत सार्वजनिक गरेका हुन् ।
मधेसको जल, जंगल र जमीनको रक्षा तथा पर्यावरणको सुरक्षा गर्नुपर्ने माग समेत गरेका छन् ।
राजनीतिक अवधारणामा राजनीतिकर्मीका लागि उमेर हदको सीमा लागू गर्नुपर्ने, देश वैदेशिक ऋण मुक्त हुनुपर्ने, कृषिको व्यावसायिकरण तथा हरेक घरमा कम्तिमा एक जनालाई रोजगारको व्यवस्था गर्नुपर्ने सहितमा मुद्दा समेटिएको छ ।
जनअभियानको कार्यसमितिमा नेता महतोले रमेश सिंह (महोत्तरी), संजयकुमार साह (पर्सा), सतिला यादव (सिरहा), ध्रुवप्रसाद कहार (नवलपरासी), महेन्द्रप्रसाद चौधरी (कैलाली), हकिकुल्लाह मुसलमान (कपिलवस्तु), दिनेशप्रसाद यादव (बारा)लाई राखेका छन् ।
अभियानको कार्यसमितिमा देवकान्त सिंह (सिरहा), सुजित कुशवाहा (बारा), अनवर खान (बाँके), जगरनाथ साहनी (रुपन्देही), प्रवीण महतो (मोरङ) र नारदमुनि मण्डल (सप्तरी) रहेको महतोले बताएका छन् ।
डा.राउतसँग मतभेद भएपछि महतोले जनमत पार्टी छाडेका थिए । पार्टी छाडेपछि महतोले जनअभियान गठन गरेका छन् । योसँगै डा.राउतको पार्टी दुई टुक्रा भएको छ । डा.राउतलाई महतोले झट्का दिएका छन् ।
कुनै बेला महतो डा.राउतको सबैभन्दा विश्वासपात्र मानिन्थे । अहिले डा.राउत र महतोबीच पानीबाराबारको अवस्था छ । टप नेपाल

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्य

सिट बाँडफाँटका लागि सङ्घीय लोकतान्त्रिक मोर्चाका तीन मोडालिटी

२४ कार्तिक २०७७, सोमबार
अन्तर्राष्ट्रिय

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

२४ कार्तिक २०७७, सोमबार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

मधेस झर्दै गरेका बालेनसँग भयभीत मधेसी नेता !

२४ कार्तिक २०७७, सोमबार
जसपा नेपाल र लोसपाबिच १२ बुँदे सम्झौता : संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव
अन्तर्राष्ट्रिय

महन्थ ठाकुरलाई जिताउन भन्दै जसपा नेपालद्वारा समिति गठन

२४ कार्तिक २०७७, सोमबार
Next Post
संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र उपेन्द्र यादव

संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र उपेन्द्र यादव

कोरोना महामारी विरुद्ध तेस्रो चरणको तयारीमा प्रदेश सरकार

कोरोना महामारी विरुद्ध तेस्रो चरणको तयारीमा प्रदेश सरकार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh