Advertisement
ताजा खबर
मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ
मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ

मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

प्रतिक्षा खबर
२०८३ असार १८, बिहीबार १६:१३

गोपाल झा ,महोत्तरी, १८ गते अषाढ

महोत्तरी जिल्लाको मनरा सिसवा नगरपालिका जिल्लाको तेस्रो साक्षर पालिकाको रूपमा घोषणा भएको छ । ‘शिक्षा सबैको अधिकार, साक्षरता हाम्रो आधार’ तथा ‘साक्षर नागरिक, समृद्ध नगरपालिका’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको साक्षरता अभियान सफल भएपछि बुधबार नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा पालिकालाई औपचारिक रूपमा साक्षर घोषणा गरिएको छ ।

घोषणा कार्यक्रममा प्रदेश सभा सदस्य अञ्जना पण्डित प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला, शिक्षक, सामाजिक अगुवा तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।      नगरपालिकाका अनुसार १५ देखि ६० वर्ष उमेर समूहका कुल ३६ हजार १०६ जनसंख्यामध्ये ३४ हजार ७४६ जना -९६.२) प्रतिशत साक्षर भएका छन् । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार कुनै पालिकामा कम्तीमा ९५ प्रतिशत नागरिक साक्षर भई आवश्यक सूचकहरू पूरा गरेपछि साक्षर पालिका घोषणा गर्न सकिने व्यवस्था छ । मनरा सिसवा नगरपालिकाले उक्त मापदण्डभन्दा बढी उपलब्धि हासिल गर्दै साक्षर पालिकाको मान्यता प्राप्त गरेको बताईएको छ ।

नगरपालिकाले पछिल्लो एक महिनादेखि विशेष साक्षरता अभियान सञ्चालन गरेको थियो । अभियान अन्तर्गत विद्यालय समयपछि शिक्षकहरू आफ्नै विद्यालय रहेको टोल–टोलमा पुगेर निरक्षर नागरिकलाई पढ्न, लेख्न तथा सामान्य गणना गर्न सक्ने बनाउने कक्षा सञ्चालन गरेका थिए । यस अभियानमा नगरभित्र रहेका २३ वटा सामुदायिक विद्यालयका शिक्षक तथा शिक्षिकाहरु सक्रिय रूपमा परिचालित भएका थिए । नगरपालिकाका १० वडाका २३ वटा टोलमा सञ्चालन गरिएको अभियान मार्फत सयौं नागरिक साक्षरताको दायरामा आएका हुन् ।             कार्यक्रमलाई सम्बोधन गर्दै साक्षर घोषणा कार्यक्रमका अध्यक्ष तथ मनरासिसवा नगरपालीकाका नगरप्रमुख मोहन पाण्डेयले साक्षर पालिका घोषणा हुनु नगरपालिकाका लागि ऐतिहासिक उपलब्धि भएको बताएका हुन् । उनले अभियान सफल बनाउन दिनरात खटिएका शिक्षक, विद्यालय व्यवस्थापन समिति, कर्मचारी, जनप्रतिनिधि, सामाजिक संघसंस्था तथा स्थानीय समुदायप्रति आभार व्यक्त गरे । शिक्षा विकास नै समृद्ध नगर निर्माणको आधार भएकाले आगामी दिनमा गुणस्तरीय शिक्षामा अझ बढी लगानी गरिने उनको भनाइ थियो ।

प्रमुख अतिथि प्रदेश सभा सदस्य अञ्जना पण्डितले मनरा सिसवा नगरपालिकाले शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै नगरपालिकालाई बधाई दिइन् । उनले साक्षरता घोषणा अन्तिम लक्ष्य नभई गुणस्तरीय शिक्षाको यात्रा अझै अगाडि बढाउनुपर्ने उल्लेख गरिन् । सामुदायिक विद्यालयमा पठनपाठनलाई थप व्यवस्थित बनाउन, विद्यार्थीको सिकाइ उपलब्धि तथा उत्तीर्ण प्रतिशत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

उनले विद्यालयसँगै समुदायस्तरमा पनि निरन्तर सिकाइका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउँदै प्रौढ शिक्षा, जीवनोपयोगी सीप तथा समुदाय केन्द्रित शिक्षामूलक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित विभिन्न विशिष्ट अतिथिहरूले साक्षरता अभियानले सामाजिक परिवर्तन, नागरिक सशक्तीकरण र समावेशी विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।

साक्षर पालिका घोषणा गर्न नेपाल सरकारले निर्धारण गरेका १२ सूचकमध्ये आवश्यक मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था रहेको छ । तीमध्ये न्यूनतम आवश्यक सूचकहरू पूरा गरी ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भए पालिकालाई साक्षर घोषणा गर्न सकिने प्रावधान अनुसार मनरा सिसवा नगरपालिकाले ९६.२ प्रतिशत साक्षरता दर हासिल गर्दै आवश्यक सूचकहरू सफलतापूर्वक पूरा गरेको जनाएको छ ।          नगरपालिकाको साक्षरता अभियान सञ्चालन तथा सहजीकरणमा सेभ द चिल्ड्रेन र रतौली युवा क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अभियानलाई प्रभावकारी बनाउन दुवै संस्थाले प्राविधिक तथा व्यवस्थापकीय सहयोग उपलब्ध गराएका थिए ।

महोत्तरीमा रहेका १५ स्थानीय तहमध्ये यसअघि जलेश्वर नगरपालिका र मटिहानी नगरपालिका साक्षर पालिका घोषणा भइसकेको छ । मनरा सिसवा नगरपालिका तेस्रो साक्षर पालिका बनेसँगै जिल्लाका अन्य स्थानीय तहहरू पनि साक्षर घोषणा गर्ने तरखरमान रहेको छ ।

शिक्षालाई विकासको मूल आधार मानेर सञ्चालन गरिएको मनरा सिसवा नगरपालिकाको साक्षरता अभियानले स्थानीय तहको सक्रियता, विद्यालयको प्रतिबद्धता र समुदायको सहभागिताबाट उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने उदाहरण प्रस्तुत गरेको सरोकारवालाहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर