Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

महन्थ ठाकुरसँग पार्टी कार्यालयमै वार्ता गर्ने आन्दोलनकारीहरूको अडान

प्रतिक्षा खबर
२०७८ पुष १४, बुधबार १८:३२

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को बबरमहलस्थित केन्द्रीय कार्यालयमा धर्ना बसेका पार्टीका असन्तुष्ट पक्षसँग मंगलबार पनि वार्ता हुन सकेन । लोसपाका अध्यक्ष महन्थ ठाकुरले विभिन्न जिल्लामा आफू खुशी मनोनयन गरेकाले निर्णय सच्याउनु पर्ने माग गर्दै विभिन्न जिल्लाबाट कायकर्ताहरु आइतवारदेखि धर्नामा बसेका छन् ।
अध्यक्ष ठाकुरले वार्ताका लागि असन्तुष्ट पक्षमध्ये ५ जनालाई आफ्नै निवासमा बोलाएका थिए । तर, उनीहरु निवासमा जान नमानेर आज पनि धर्नालाई निरन्तरता दिएका छन् । लोसपाका असन्टुष्ट नेता संजय सिंहले आफूहरु पार्टी कार्यालयमा धर्ना बसेकाले कसैको निवासमा वार्ताका लागि नजाने बताए ।
उनले भने, ‘विचार गर्नुपर्ने कुरा हो, पार्टीका यत्रा नेताहरु तीन दिनदेखि कार्यालयमा धर्ना बसिरहेका छन् । तर, पार्टीका अध्यक्ष वार्ताका लागि निवासमा बोलाइ रहनु भएको छ । यो कुरा हामीलाई स्वीकार्य हुँदैन ।’ आफूहरु पार्टी कार्यालयमा धर्ना बसेको कारण यही सामूहिक वार्ता हुनुपर्ने उनले जिकिर गरे ।
लोसपाका अध्यक्ष ठाकुरले पछिल्लो समय जिल्ला तथा प्रदेशमा गरेका मनोनयन एकलौटी भएको, पार्टीको विधि र पद्धतिअनुसार नभएको भन्दै पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरुले आन्दोलन गर्दै आएका छन् ।
अध्यक्ष ठाकुर पुस ११ गते कपिलवस्तुको कार्यक्रम सकाएर काठमाडौं फर्केका हुन् । कार्यक्रमबाट फर्केलगत्तै उनी अस्वस्थ्य भएको कारण पार्टी कार्यालय जान असमर्थ रहेको उनको निजी सचिवालयले जनाएको छ । त्यस्तै, पार्टीका वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारीले पनि हालसम्म आन्दोलनकारीसँग भेटेका छैनन् । आज पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झा उनीहरुसँग भेट्ने कार्यक्रम रहेको थियाे । राताे पार्टी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर