कमलेश कुमार यादव
साेनमा। महोत्तरीको सोनमा गाउँपालिका–५ खैरबनीस्थित मलिनिया माई मन्दिरको छेउमा एक अज्ञात युवकको शव फेला परेको छ।
स्थानीयका अनुसार मन्दिरका पुजारी बिहान करिब ११ बजे नियमित पूजापाठ गर्न मन्दिर पुगेका बेला युवकको शव देखेपछि घटनाबारे इलाका प्रहरी कार्यालय खैरबनीलाई जानकारी गराएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीले घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाएको जनाइएको छ। शव फेला परेपछि स्थानीय क्षेत्रमा चासो र चिन्ता बढेको छ।

मृतक युवकको पहिचान खुल्न सकेको छैन। उनको मृत्युको कारणसमेत हालसम्म स्पष्ट हुन सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरी शवको पहिचान तथा मृत्युको कारण पत्ता लगाउने प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।
यस घटनाबारे प्रहरीको आधिकारिक विवरण आउन बाँकी रहेको छ।







