Advertisement
ताजा खबर
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद

प्रधानमन्त्री ओलीले चारपटक फेसबुक स्टाटस सच्च्याए, आलोचना भने रोकिएन

प्रतिक्षा खबर
२०८१ आश्विन २१, सोमबार १९:५५

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति ९ः५० मा एक स्टाटस लेख्दै बाढीले बगाएर अवरुद्ध बनेको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज मर्मत गरी आवतजावत सञ्चालन गरिएको जानकारी दिए ।

उक्त स्टाटससँगै उनले बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको जानकारी दिँदै पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानलाई धन्यवादसमेत दिए ।

‘बाढीले बगाएर अवरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज मर्मत गरी आवतजावत सञ्चालन गरिएको छ भने बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको छ । पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानहरुलाई धन्यवाद !,’ उनको स्टाटसमा भनिएको छ

११ मिनेटपछि फेरि स्टाटस सच्च्याउँदै उनले पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज मर्मत गरी आवतजावत सञ्चालन गरिएकोलाई हटाएर ‘हेवा खोलाको पुल मर्मत गरी आवतजावत सञ्चालन’ गरिएको उल्लेख गरे । त्यसको २३ मिनेटपछि फेरि स्टाटस सच्च्याउँदै ‘पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल र बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको’ उल्लेख गरे ।

त्यसको ५ मिनेटपछि फेरि उक्त स्टाटस पनि सच्च्याउँदै ओलीले लेखे, ‘बाढीले बगाएर अवरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलामा फड्के बिछ्याउने काम र बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको छ । पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानहरूलाई धन्यवाद ।’

प्रधानमन्त्री ओलीले लेखेको र स्टाटस सच्च्याएको विषयलाई विपक्षीहरूले मसला बनाए । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ओलीको स्टाटसको स्क्रिनसट राख्दै आलोचनाको तीर फेसबुकमै बर्साए, ‘प्रधानमन्त्रीज्यूलाई यसरी कसले गलत सूचना दिन्छ … ? हेवा खोलामा बेलिब्रिज मर्मत गरेर सवारी साधन सञ्चालन गरिएको होइन फट्केमात्र बनेको हो । बेलिब्रिज राख्न त महिनौँ लाग्छ । बगाइसकेको बेलिब्रिजको मर्मत हुने कुरै भएन ।

उनले अगाडि लेखेका छन्, ‘हेवा खोलामा ह्युम पाइप राखेर भोलिबाट यातायात सञ्चालन हुने अपेक्षा राखिएको छ । प्रधानमन्त्रीलाई गलत सूचना दिनु र गरिमामय ठाउँमा बसेको मान्छेले यसरी गलत सूचना प्रवाह गर्नु दुवै गलत हो ।’

आङ्बोले प्रधानमन्त्री ओलीको स्टाटसप्रति असहमति जाहेर गर्दै स्टाटस लेखेपछि माओवादी समर्थक र ओलीका आलोचकलाई मसला बन्यो । धेरैले ओलीले पहिलो पटक लेखेको स्टाटसको स्क्रिनसट राखेर अहिले पनि आलोचना गरिरहेका छन् ।

462322142_8424852867561513_5287867761048983364_n

हेवा खोलामा भएको के हो ?

गत असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाको कारण मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज बगाएको थियो । गत वर्ष २०८० असारमा आएको बाढीले सो राजमार्गको सडक पुल नै बगाएको थियो । त्यसपछि राखिएको बेलिब्रिज पनि यसपालि बाढीले बगाएपछि ताप्लेजुङ र पाँचथरको सम्पर्क विच्छेद भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

उनका अनुसार हेवा खोलामा अहिले दुई पाङ्ग्रे सवारी साधन गुड्न सक्ने गरी फट्के निर्माण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फट्के बनेको विषय लेखेको उनको भनाइ छ ।

‘प्रधानमन्त्रीज्यूले फट्के बनेको विषय लेख्नु भएको हो । फट्के चालु अवस्थामा छ । त्यहाँबाट मोटरसाइकल आजतजावत गरिरहेका छन् । बेलिब्रिज बगाएको ठाउँमा साना चारपाङ्ग्रे सवारी साधन आवत–जावत गर्नसक्ने बताउनका लागि हामी युद्धस्तरमा लागेका छौँ । अबको २४ घण्टामा बनाइसक्छौँ,’ प्रमुख जिल्ला अधिकारी कोइरालाले भने, ‘अहिले म हेवा खोलामै छु । १२० एमएमका १० वटा, १६ वटा साना र ९० एमएमको तीन गाडी ह्युम पाइप आउँदैछ ।

त्यहाँबाट साना गाडी आवतजावत हुन थाले लगत्तै तमोर करिडोरको माझीटारबाट ठुला गाडी तार्नसक्ने गरी काम सुरु गर्ने कोइरालाले बताए । बाढी, पहिरोका कारण मृत्यु भएका परिवारलाई तत्कालै राहत दिने तयारी गरेको र बेपत्ता चार जनाको खोजी भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर