Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <
☰

जुवा खेल्दा पक्राउ परेका तिब्बतीसँग भेटियो नेपाली नागरिकता, ४ लाख खर्चेर लिएको खुलासा

प्रतिक्षा खबर
२०८१ आश्विन ८, मंगलवार १७:५९

८ असोज, काठमाडौं । तिब्बतीलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका–१ का ३१ वर्षीय मदनबहादुर तामाङ, खनियाबास गाउँपालिका–५ का ५६ वर्षीय रामेश्वर रिजाल, तिब्बत घर भई काठमाडौं महानगरपालिका–६ महांकाल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ का ४६ वर्षीय छिरिङ वाङ्दिन शेर्पालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

बौद्धको तीनचुलीस्थित एक घरमा ४ असोजमा छापा मारेर जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये चार तिब्बती, दुई नेपाली र एक भारतीय नागरिक थिए ।

उनीहरुमध्ये सोनाम नाम गरेका तिब्बती नागरिकको साथबाट जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी भएको नागरिकता फेला परेको प्रहरीको भनाइ छ ।

उनले चार लाख रुपैयाँ तिरेर नागरिकता लिएको बताएका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

‘उनको भनाइपछि हामीले अनुसन्धान गर्दा ती कुरा पुष्टि भए । तिब्बितीलाई नागरिकता दिलाउने कार्यमा संलग्नहरुलाई पक्राउ गरेर हामीले थप अनुसन्धान अघि बढाएका छौं’, एसएसपी भट्टराईले अनलाइनखबरसँग भने ।

बरामद नागरिकता सक्कल रहेको पाइएपछि नागरिकता बनाउन भूमिका खेलेको आरोपमा अरु चार जनालाई पक्राउ गरेर सोनामसहित पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको उनले बताए ।

पक्राउ परेकामध्ये रिजाल लेखापढी व्यवसायी हुन् । उनले काठमाडौंबाट कागजात मिलाएर धादिङ पठाएको र धादिङमा मदनबहादुरले तिब्बती नागरिकको उपस्थितिबिनै नेपाली नागरिकता निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नेपाली नागरिकता लिन तिब्बती नागरिक सोनामले चार लाख रुपैयाँ छिरिङ ढुन्डुपलाई बौद्धमा भेटेर बुझाएको प्रहरीले फेला पारेको छ ।सोनामले नेपाली नागरिकताका साथै, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन भनेर चार लाख रुपैयाँ बुझाएका थिए ।

चार लाखमध्ये ५० हजार रुपैयाँ आफूले राखेर ढुन्डुपले तीन लाख ५० हजार छिरिङ वाङ्दिनलाई दिएको अनुसन्धानबाट खुलेको छ । छिरिङ वाङ्दिनले पनि ५० हजार रुपैयाँ राखेर तीन लाख रुपैयाँ लेखापढी गर्दै आएका रामेश्वर रिजाललाई दिएको पाइएको एसएसपी भट्टराईले बताए ।

छिरिङ वाङ्दिनले आफूले राखेको ५० हजार रुपैयाँमध्ये ५ हजार रुपैयाँ आफूलाई राखेर सोनामको राष्ट्रिय परिचयपत्र बनाउन भन्दै पुनः रिजाललाई दिइएको खुलेको छ ।

यसरी जम्माजम्मी तीन लाख ४५ हजार रुपैयाँ बुझेपछि लेखापढी व्यवसायी रिजालले एक लाख ४५ हजार रुपैयाँ आफूसँग राखेर २ लाख रुपैयाँ मदनबहादुरलाई दिएको पाइएको प्रहरीको भनाइ छ ।

उनै मदनबहादुरले जिल्ला प्रशासन कार्यालय धादिङबाट ६ असार २०८१ मा सोनाम तामाङ नाममा तिब्बती सोनामको नागरिकता निकालेको प्रहरीले बताएको छ ।

मदनबहादुरले भने आफूले प्राप्त गरेको दुई लाखमध्ये एक लाख ५० हजार रुपैयाँ राखी ५० हजार रुपैयाँ प्रशासनका कर्मचारीलाई दिएको बयान प्रहरी समक्ष दिएका छन् । अनुसन्धानकै क्रममा रहेको भन्दै ५० हजार रुपैयाँ बुझ्ने कर्मचारीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

धादिङको नेतावती डबजोङ गाउँपालिकाका हर्कमान तामाङलाई सोनामको बाबु बनाएर नागरिकता लिइएको हो ।

नागरिकता लिने मान्छेलाई समेत उपस्थित नगराई नक्कली बुवा खडा गरेर नागरिकता लिएपछि यसमा कर्मचारीको मिलेमतो देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

यसबारेमा अनुसन्धान गर्न भन्दै अपराध अनुसन्धान कार्यालयले सम्पूर्ण कागजातसहित पक्राउ परेकाहरुलाई धादिङ पठाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर