Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

रेलसेवा २० महिनामै १३ करोड घाटामा

प्रतिक्षा खबर
२०८० पुष १५, आईतवार १८:४९

एक अर्ब बढी लगानी गरेर संचालनमा आएको भंगहा–जनकपुर–जयनगर रेलसेवा आम्दानी भन्दा दोब्बर खर्चमा रहेको खुलेको छ । संचालनमा आएको २० महिनामा पनि नेपाल रेल्वे कम्पनीको खर्चको तुल्नामा आम्दानी बढाउन सकेको छैन ।
रेलमा १७ जना भारीय जनशक्ति छ । उनीहरुको तलबभत्ता, सरसफाई र मर्मतसम्भारको नाममा नेपाल रेल्वे कम्पनीले भारतीय कोकन कम्पनीलाई मासिक ७० लाख भारतीय रुपैयाँ बुझाउँदै आएको छ । जबकी प्रबन्ध संचालकसहित १०३ जना नेपाली कर्मचारीको मासिक तलब १७ लाख मात्र रहेको रेल्वे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रेल्वेको मासिक आम्दानी ७५ लाख छ । तर खर्च भने मासिक १ करोड २९ लाख भन्दा बढी छ ।
रेल्वे कम्पनीले मासिक ज्यालादारीमा कर्मचारीको भर्ना प्रक्रिया नगरेको भने होइन । १२९ जना कर्मचारीको मागसहित गरेको विज्ञापन प्रक्रिया नपुगेको भन्दै लोकसेवा आयोगले रोक लगाएपछि रेल्वेले अर्को प्रयास भने थालेको छैन ।
एकसाता भित्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल्वेको लागि चाहिने कर्मचारीहरु संगठन संरचना र दरबन्दी पास गर्ने र कर्मचारी भर्ना प्रक्रिया अघि बढाइने रेल्वे कम्पनीका प्रवन्धक निरञ्जन झाले जानकारी दिए ।
‘यो एकसाता भित्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल्वेको लागि चाहिने कर्मचारीहरु संगठन संरचना र दरबन्दी पास गर्ने छ । र कर्मचारीको भर्ना प्रक्रिया अगाडी बढ्ने छ । लोकसेवा आयोगले यसको परीक्षा लिने छ’ प्रवन्धक झाले भने ।
नेपाल रेल्वे कम्पनीले कुनैपनि हालतमा यात्रु ढुवानी गरेर नाफा आर्जन गर्न सक्ने देखिँदैन । बिगत २० महिना संचालनको भएपनि डेमो रेलले १३ करोड बढी घाटामा जानु नै यसको प्रमाण हो ।
यस्तो गम्भीर समस्या हुँदाहुँदै पनि रेल्वे कम्पनीले अहिलेसम्म मालबाहक रेल संचालनमा ल्याउन सकेको छैन ।
लविंग गरेर कार्गो रेल चलाउने कुराहरु छ । रेल्वेलाई भन्सार बनाउन सकिन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस तर्फ ध्यान दिए अवश्य सुरु हुने जनकपुर उद्योग व्यवसायी संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।
कार्गो रेल सेवा संचालनमा ल्याउन सके मधेश प्रदेश लगायतका उद्योगी व्यवसायीहरु भरतबाट सिधै कच्चा पदार्थ कोइला, खद्यान्न लागायतका सामानहरु ढुवानीमा धेरै नै कम खर्च पर्न जान्छ । कार्गो सेवा संचालनका लागि भारतीय दुताबास १०–१० वटा बोगीसहितको दुई सेट रेल दिन तयार रहेपनि नेपाल सरकारले नै कुनै चाँसो नदेखाएको श्रोतको दावी छ ।कान्तिपुर टेलिभिजनको सहयोगमा तयार समाचार

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर