Advertisement
ताजा खबर
सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी सोनमा–८ मा पुनः चर्चामा राजदेव यादव, स्थानीयस्तरमा राजनीतिक बहस सुरु जसपा नेपाल र लोसपा नेपालबीचको पार्टी समायोजनपछि महोत्तरी जिल्ला अध्यक्षमा रामनरेश यादव मनोनीत बलवामा एमालेको शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, हजारौँ कार्यकर्ताको सहभागिता जसपा नेपालको मधेश प्रदेश समिति पुर्ण बैठक सम्पन्न फेटा अस्पताल घटनामा प्रहरी दमनको जसपा नेपालद्वारा भर्त्सना, छानबिन र कारबाहीको माग सर्लाहीको भूमि प्रशासन कार्यालयमा अख्तियारको छापा, एक लाख रुपैयाँसहित नायब सुब्बा नियन्त्रणमा महोत्तरीमा प्रहरी बिटकै अगाडिबाट कुखुराको खुलेआम तस्करी, प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न सोनमा–७ सुन्दरपुरमा निर्माणाधीन प्रवेशद्वार नजिक गम्भीर दुर्घटना, रास्वपा गाउँपालिका अध्यक्ष डा. अशोक यादवद्वारा लापरवाहीको आरोप सोनमा–७ सुन्दरपुरमा पुनः वडा अध्यक्षका रूपमा महेश कुमार यादवको चर्चा चुलिँदै, स्थानीयस्तरमा बढ्दै समर्थन

☰

सोनमा–८ मा पुनः चर्चामा राजदेव यादव, स्थानीयस्तरमा राजनीतिक बहस सुरु

प्रतिक्षा खबर
२०८३ कार्तिक १९, बिहीबार ८:३६

साेनमा ।
महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ८ मा पूर्ववडा अध्यक्ष राजदेव यादवको चर्चा पुनः चुलिन थालेको छ। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्थानीयस्तरमा उनको राजनीतिक भूमिका र विगतको कार्यकालबारे विभिन्न टोल तथा बस्तीमा चर्चा हुन थालेको हो।
राजदेव यादव २०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका थिए। तत्कालीन समयमा नेकपा (माओवादी) बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले विभिन्न राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै राम्रो मतान्तरसहित वडा अध्यक्षमा विजय हासिल गरेका थिए। जनयुद्धकालमा लामो समय बिताएका यादव स्थानीयस्तरमा परिचित नेताका रूपमा स्थापित छन्।
वडा अध्यक्षका रूपमा कार्यकाल सम्हाल्दा उनले शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा योगदान पुर्‍याएको उनका समर्थकहरूको दाबी छ। स्थानीय जनताको व्यक्तिगत समस्या होस् वा सामाजिक तथा सामुदायिक काम, उनी सक्रिय रहने गरेको स्थानीयवासीहरू बताउँछन्।
पछि जनता समाजवादी पार्टीमा प्रवेश गरेका यादवले दोस्रो स्थानीय तह निर्वाचनअघि झिनो मतान्तरले पराजय व्यहोरेका थिए। त्यसपछि उनी जनता समाजवादी पार्टीबाट समेत अलग भएका छन्।
हाल वडा नं. ८ मा वर्तमान कार्यकालको विकास निर्माण तथा सेवा प्रवाहबारे स्थानीयस्तरमा विभिन्न बहस हुन थालेका छन्। केही स्थानीयवासीले विगतको कार्यकालसँग अहिलेको अवस्थालाई तुलना गर्दै विकास निर्माणका कामबारे प्रश्न उठाउन थालेका छन्।
यही पृष्ठभूमिमा पूर्ववडा अध्यक्ष यादवलाई पुनः सम्झिनेहरूको संख्या बढेको उनका समर्थकहरूको भनाइ छ। आगामी निर्वाचनमा उनलाई पुनः वडा अध्यक्षका रूपमा देख्न चाहने चर्चा विभिन्न टोल तथा बस्तीमा हुन थालेको उनीहरूको दाबी छ।
यद्यपि, आगामी निर्वाचनमा यादवको राजनीतिक निर्णय र उम्मेदवारीबारे औपचारिक धारणा सार्वजनिक भइसकेको छैन। वडा नं. ८ को आगामी राजनीतिक समीकरणमा उनको भूमिका कस्तो रहनेछ भन्ने विषय भने चासोको विषय बनेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर