Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

लोसपा मधेश प्रदेश संसदीय दलको नेतामा राइन

प्रतिक्षा खबर
२०८१ चैत्र २५, सोमबार १६:४६
जनकपुरधाम, चैत २५ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा प्रदेश सभा सदस्य जयनुल राइन चयन भएका छन् । पार्टीका संसदीय दलका नेता अभिराम शर्मा थमन विक हत्याको आरोपमा दोषी ठहर भएपछि रिक्त पदमा राइनलाई आज चयन गरिएको छ ।

लोसपाका प्रदेश सभा सदस्य शर्मा थम विकको हत्याको आरोपमा अदालतबाट दोषी ठहर भएपछि मधेश प्रदेश सभाले उनलाई निलम्बन गरेको थियो । निलम्बन पछि पनि लोसपाले मधेश आन्दोलनको क्रममा भएको घटना अधिकारकोलागि भएको आन्दोलन रहेको भन्दै शर्मा निर्दोश रहेको दावी गर्दै अहिले सम्म शर्मालाई नै संसदीय दलको नेताको रुपमा राखिएको थियो ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलाई राईन मधेश प्रदेशको संसदीय दलका नेता रहेको जानकारी गराएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अन्तरिम विधान प्रथम संशोधन अनुसार मधेश प्रदेश सभामा संसदीय दलको नेतामा प्रदेश सभा सदस्य जयनुल राईनलाई अर्को व्यवस्था नहुन्जेलसम्म मनोनयन गरिएको अध्यक्ष ठाकुरले पत्रमा लेखेका छन् ।

यता, राइनले आजै प्रदेश सभामा यस बिषयलाई जानकारी गराउँदै संसदीय दलको नेताको रुपमा पदभार समेत ग्रहण गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर