Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

कैलाश महतोले गरे ‘स्वाधीन मधेस जनअभियान’ गठन

प्रतिक्षा खबर
२०७७ कार्तिक २४, सोमबार १५:२३

डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट अलग भएका प्रभावशाली नेता कैलाश महतोले ‘स्वाधीन मधेस जनअभियान’ गठन गरेका छन् ।
जनकपुरमा आइतबार पत्रकार सम्मेलन गरी नेता महतोले जनअभियानको घोषणा गरेका हुन् ।
अलग मधेस देशका लागि संघर्ष गर्दा पटक–पटक मुद्दा उठाएका महतोले अब नेपालभित्रै स्वतन्त्रता खोजिने बताएका छन् ।
‘स्वतन्त्रता भनेको भूमिको स्वतन्त्रता होइन’, उनले भने, ‘मधेसी जनतामाथि राज्यद्वारा लादिएको दोहन, शोषण, अन्याय, अत्याचार, भ्रष्टाचार, दुरुचार र अनियमितताबाट हुने पूर्ण मुक्ति नै स्वतन्त्रता हो ।’
उनले भने, ‘मधेसले चाहेको सोही मुक्ति र स्वतन्त्रतालाई मधेसी जनताले स्वाधीनता मानेको छ ।’
‘स्वाधीन मधेस जनअभियान’ एक स्वतन्त्र राजनीतिक अभियान भएको भन्दै यसले राष्ट्र (जनता) मुक्तिको वकालत गर्ने महतोले बताए । उनले भने, ‘यो अभियान एक बोद्धिक, बैचारिक र भौतिक आन्दोलन पनि हो ।’
मधेससँग राज्यले विभिन्न समयमा गरेको सम्झौताको कार्यान्वयण र मधेसका लागि गद्दार गरेकाहरूको भण्डाफोर यो अभियानले गर्ने उनको भनाई छ ।
संयोजक महतोले काठमाडौं र मधेसबीच समानतामा आधारित राजनीतिक, आर्थिक, सामरिक, प्रशासनिक र शासकीय सम्बन्ध स्थापित हुनुपर्ने सहितका ५० बुँदे राजनीतिक अवधारणा समेत सार्वजनिक गरेका हुन् ।
मधेसको जल, जंगल र जमीनको रक्षा तथा पर्यावरणको सुरक्षा गर्नुपर्ने माग समेत गरेका छन् ।
राजनीतिक अवधारणामा राजनीतिकर्मीका लागि उमेर हदको सीमा लागू गर्नुपर्ने, देश वैदेशिक ऋण मुक्त हुनुपर्ने, कृषिको व्यावसायिकरण तथा हरेक घरमा कम्तिमा एक जनालाई रोजगारको व्यवस्था गर्नुपर्ने सहितमा मुद्दा समेटिएको छ ।
जनअभियानको कार्यसमितिमा नेता महतोले रमेश सिंह (महोत्तरी), संजयकुमार साह (पर्सा), सतिला यादव (सिरहा), ध्रुवप्रसाद कहार (नवलपरासी), महेन्द्रप्रसाद चौधरी (कैलाली), हकिकुल्लाह मुसलमान (कपिलवस्तु), दिनेशप्रसाद यादव (बारा)लाई राखेका छन् ।
अभियानको कार्यसमितिमा देवकान्त सिंह (सिरहा), सुजित कुशवाहा (बारा), अनवर खान (बाँके), जगरनाथ साहनी (रुपन्देही), प्रवीण महतो (मोरङ) र नारदमुनि मण्डल (सप्तरी) रहेको महतोले बताएका छन् ।
डा.राउतसँग मतभेद भएपछि महतोले जनमत पार्टी छाडेका थिए । पार्टी छाडेपछि महतोले जनअभियान गठन गरेका छन् । योसँगै डा.राउतको पार्टी दुई टुक्रा भएको छ । डा.राउतलाई महतोले झट्का दिएका छन् ।
कुनै बेला महतो डा.राउतको सबैभन्दा विश्वासपात्र मानिन्थे । अहिले डा.राउत र महतोबीच पानीबाराबारको अवस्था छ । टप नेपाल

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर