Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

रौजा मजार सौन्दर्यीकरणको शिलान्यास १२ करोडको लागानीमा धार्मिक पर्यटकीय गन्तव्य बनाइने

प्रतिक्षा खबर
२०७७ मंसिर १७, बुधबार २०:५१

जनकपुरधाम, मंसिर १७ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको रौजा मजार सौन्दर्यीकरण योजनाको शिलान्यास गरिएको छ ।
जसपा कार्यकारिणी अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्व मन्त्री शरदसिंह भण्डारी र मुख्यमन्त्री लालबाबु राउतले रौजा मजार सौन्दर्यीकरण योजनाको संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत शिलान्यास गरिएको उक्त योजनामा ११ करोड ९० लाख रुपैयाको लागत रहेको मुख्मन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
शिलान्यास कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं जसपा अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोहको जगमा बनेको प्रदेश सरकार आन्दोलनको मर्म अनुरुप पहिचानको रक्षाका साथै धार्मिक पर्यटकीय विकासलाई टेवा दिने उद्देश्यका साथ ल्याएको रौजा मजार सौन्दर्यकरण योजनाको सराहनीय रहेको बताउनु भयो ।
प्रदेश सरकारले सिमिति स्रोत साधनका विच गरि रहेको विकास निर्माणका काम हरु सन्तोषजनक रहेपनि अगामी दिनमा विगतका समिक्षा गर्दै शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर अघि बढनु पर्ने उहाँको कथन थियो ।
कार्यक्रममा सांसद एवं पूर्वमन्त्री शरदसिंह भण्डारीले चुनाव कोवेला आफुहरुले गरेको बाचा अनुसार नै प्रदेश सरकार विकास निर्माणलाई अगाडी बढाएको र अगामी दिनमा समेत यसलाई निरन्तरता दिने उल्लेख गर्नु भयो ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २को विकासको प्रमुख आधारहरु मध्ये महत्वपूर्ण आधार धार्मिक पर्यटन रहेको कुरा आत्मसाथ गर्दै प्रदेश सरकारले धार्मिक पर्यटकीय स्थलहरुको विकासमा जोड दिएको उल्लेख गर्नु भयो । उहाँले प्रदेश २का प्रमुख धरोहर जानकी मन्दिर बाट शुरु भएको यो अभियान रौजा मजार सम्म पुगेको र अगामी दिनमा ई सबै धार्मिक पर्यैटकीय स्थलहरुलाई एउटा मार्गमा जोडने योजनामा प्रदेश सरकार रहेको बताउनु भयो ।
प्रमुख सचिव अर्जुन प्रसाद पोखरेलको अध्यक्षतामा भएको उक्त शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य जैलृुन राइन, सुरिता साह, बलवा नगरका प्रमुख विनोद यादव सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर