Advertisement
ताजा खबर
बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित
बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित
☰

बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

प्रतिक्षा खबर
२०८३ आश्विन २०, मंगलवार २०:५०

गोपाल झा ,महोत्तरी, असोज २० गते ।

उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि मंगलबार महोत्तरीको जलेश्वरमा गरिएको बजार अनुगमन विवादमा तानिएको छ । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा गरिएको बजार अनुगमनको शैलीप्रति व्यवसायीहरूले गम्भीर असन्तुष्टि जनाउँदै जलेश्वर बजार बन्द गरेका थिए ।

अनुगमनका क्रममा जलेश्वरस्थित श्रीमिष्टान्न भण्डार र राजकुमार मिठाई पसलमा रहेका विभिन्न प्रकारका मिठाई अखाद्य रहेको भन्दै अनुगमन टोलीले नष्ट गरेपछि विवाद चर्किएको हो । व्यवसायीहरूले खाद्य वस्तु अखाद्य वा गुणस्तरहीन हो भन्ने निष्कर्षमा पुग्नुअघि त्यसको प्राविधिक परीक्षण गरिएको थियो कि थिएन प्रश्न उठाएका छन् । यी प्रश्न अहिले जलेश्वरको बजार अनुगमनको केन्द्रमा आएको छ ।     अनुगमनका क्रममा दुई मिठाई पसलबाट विभिन्न प्रकारका मिठाई नष्ट गरिएको व्यवसायीहरूले बताएका छन् । अनुगमन टोलीले ती मिठाई अखाद्य रहेको दाबी गरे पनि व्यवसायीहरूले भने सम्बन्धित वस्तुको गुणस्तर परीक्षण नै नगरी त्यसलाई अखाद्य घोषणा गरेर नष्ट गरिएको आरोप लगाएका छन् ।

व्यवसायीहरूको तर्क छ– कुनै खाद्य वस्तु मानव स्वास्थ्यका लागि अनुपयुक्त छ वा छैन भन्ने विषय संवेदनशील भएकाले त्यसको वैज्ञानिक तथा प्राविधिक परीक्षण आवश्यक हुन्छ । परीक्षणबाट गुणस्तरहीन प्रमाणित भएपछि मात्रै कानुनी प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको माग छ । यस घटनाले बजार अनुगमनको एउटा महत्वपूर्ण प्रश्न उठाएको छ–

अनुगमन स्थलमै गरिएको दृश्य परीक्षण र प्रयोगशालाबाट हुने वैज्ञानिक परीक्षणबीचको कानुनी तथा प्राविधिक सीमा के हो ? यही विषयमा व्यवसायी र अनुगमन पक्षबीच मतभेद देखिएको छ । यो अनुगमनको विरोध होइन, शैलीको विरोध हो ब्यबसायीहरुको तर्क रहेको छ । जलेश्वरका व्यवसायीहरूले आफूहरू बजार अनुगमनको विरोधमा नरहेको समेत स्पष्ट पारेका छन् ।

उनीहरूका अनुसार उपभोक्ताको स्वास्थ्यसँग जोडिएका विषयमा नियमित अनुगमन हुनु आवश्यक छ । तर, अनुगमनका नाममा व्यवसायीलाई त्रसित बनाउने, धम्की दिने, अपमानजनक व्यवहार गर्ने तथा प्रक्रिया पूरा नगरी कारबाही गर्ने शैली स्वीकार्य हुन नसक्ने उनीहरूको भनाइ छ ।  व्यवसायीहरूले अनुगमन नियमन र सुधारको माध्यम हुनुपर्नेमा डर र दबाबको माध्यम बन्न नहुने बताएका छन् ।

अनुगमनपछि व्यवसायीहरू आक्रोशित बनेपछि जलेश्वर उद्योग वाणिज्य संघले उनीहरूको मागप्रति ऐक्यबद्धता जनाएको छ । संघका अध्यक्ष शिवचन्द्र चौधरीको नेतृत्वमा व्यवसायीहरूको टोली जिल्ला प्रशासन कार्यालय महोत्तरी पुगेको थियो । टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत मधेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै अनुगमनका क्रममा व्यवसायीमाथि गरिएको भनिएको व्यवहारबारे आपत्ति जनाएको छ ।

अध्यक्ष चौधरीले जलेश्वरका व्यवसायीहरू नेपाल सरकारले तोकेको कानुन तथा मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्दै आएको दाबी गरे । उनका अनुसार अनुगमनका क्रममा व्यवसायीलाई त्रसित बनाउने र धम्की दिने शैली अपनाइएपछि व्यवसायीहरू विरोधमा उत्रिन बाध्य भएका हुन् ।

उद्योग वाणिज्य संघले अनुगमनका क्रममा व्यवसायीले प्रश्न उठाउँदा वा आफ्नो पक्ष राख्दा समेत उनीहरूलाई थुन्ने तथा मुद्दा चलाउनेसम्मको धम्की दिइएको आरोप लगाएको छ । त्यस्तै, संघले अनावश्यक रूपमा जरिवाना गरिएको र कतिपय वस्तुलाई गुणस्तर परीक्षण नगरी गुणस्तरहीन भन्दै नष्ट गर्न लगाइएको दाबी गरेको छ ।     यद्यपि, यी आरोपहरू व्यवसायी तथा उद्योग वाणिज्य संघको पक्षबाट लगाइएका दाबी हुन् । अनुगमन टोली वा सम्बन्धित सरकारी निकायको यस विषयमा विस्तृत आधिकारिक प्रतिक्रिया सार्वजनिक हुन बाँकी रहेको छ ।

अनुगमनको शैलीप्रति विरोध जनाउँदै व्यवसायीहरूले जलेश्वर बजार बन्द गरेका थिए । बजार बन्द भएपछि सर्वसाधारण तथा उपभोक्तामा समेत यसको प्रत्यक्ष प्रभाव परेको थियो । एकातर्फ उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि अनुगमन आवश्यक रहेको बहस छ भने अर्कोतर्फ व्यवसायीले कानुनी प्रक्रिया र सम्मानजनक व्यवहारको माग गर्दै बजार बन्द गर्नुपर्ने अवस्था आएको छ ।       यसले जलेश्वरमा उपभोक्ता अधिकार र व्यवसायी अधिकारबीचको सन्तुलन कसरी कायम गर्ने भन्ने प्रश्नसमेत उठाएको छ । व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत मधेश सरकारलाई ज्ञापनपत्र बुझाएपछि बजार पुनः खोल्ने निर्णय गरेका छन् ।

ज्ञापनपत्र बुझाएपछि जलेश्वर बजार पूर्णरूपमा खुलेको छ तर यसले तत्कालका लागि व्यवसायीहरूको आन्दोलन स्थगित भएको संकेत गरे पनि विवाद भने पूर्णरूपमा समाधान भएको देखिँदैन । उद्योग वाणिज्य संघले आफ्ना माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ ।

अब जलेश्वरको घटनाले मधेश सरकारसामु दुईवटा महत्वपूर्ण प्रश्न खडा गरेको छ । पहिलो– बजार अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि अपनाइएको प्रक्रिया के थियो ? दोस्रो– अनुगमनका क्रममा व्यवसायीमाथि धम्की, दबाब वा अपमानजनक व्यवहार गरिएको हो भने त्यसको जिम्मेवारी कसले लिने ?

उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने छुट कुनै व्यवसायीलाई हुनु हुँदैन । त्यस्तै, कानुनको दायराभित्र रहेर व्यवसाय गर्ने व्यवसायीलाई अनुगमनका नाममा अनावश्यक रूपमा त्रसित बनाउने अधिकार पनि कसैलाई हुनु हुँदैन । त्यसैले जलेश्वरको यो विवादलाई केवल ‘व्यवसायी बनाम सरकारको रूपमा हेर्नुभन्दा बजार अनुगमनको प्रक्रिया, खाद्य गुणस्तर परीक्षण, कारबाहीको कानुनी आधार र अनुगमन टोलीको व्यवहारबारे सम्बन्धित निकायले स्पष्ट पार्नु आवश्यक देखिन्छ ।      जलेश्वरका व्यवसायीहरूको मूल माग बजार अनुगमन रोक्नुपर्छ भन्ने होइन, अनुगमन प्रमाण, प्रक्रिया र कानुनअनुसार हुनुपर्छ । उपभोक्ताको स्वास्थ्यमा असर पार्ने अखाद्य खाद्य वस्तु बिक्री भइरहेको भए त्यसविरुद्ध कडा कारबाही हुनैपर्छ । तर, कुनै वस्तु गुणस्तरहीन भएको निष्कर्षमा पुग्दा त्यसको परीक्षण, प्रमाण संकलन र कानुनी प्रक्रिया पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

जलेश्वरको घटनाले अब बजार अनुगमनलाई थप पारदर्शी, प्राविधिक र जवाफदेही बनाउने कि अनुगमनकै नाममा व्यवसायी र सरकारी निकायबीच अविश्वास बढाउँदै जाने भन्ने प्रश्न उठाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर