Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

महाेत्तरी ४मा डा सुरेन्द्र यादवको चुनावी अभियानमा युवा परिचालनमा तीव्र

प्रतिक्षा खबर
२०८२ फाल्गुन ३, आईतवार ०८:४५

महाेत्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा सुरेन्द्र कुमार यादवको क्षेत्रमा समाजवादी युवा संघका अध्यक्षकाे नेतृत्वमा चुनावी प्रचार–प्रसार अभियानलाई तीव्र बनाएका छन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेदवार यादवलाई भारी बहुमतले विजय गराउन समाजवादी युवा संघका साथीहरूले विभिन्न गाउँ–टोलमा भेटघाट तथा जनसम्पर्क कार्यक्रम गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् भने समाजवादी युवा सङ्घका प्रदेश अध्यक्ष कमलेश यादवले जानकारी दिए। कार्यक्रममा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
उक्त अभियानका क्रममा यादवले मधेसी, दलित, पिछडिएको तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने आफ्नो राजनीतिक प्रतिबद्धता दोहोर्‍याउँदै समावेशी विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

समाजवादी युवा संघका कार्यकर्ताहरूले घरदैलो अभियान,तथा प्रचार–प्रसार कार्यक्रममार्फत उम्मेदवार यादवलाई भारी मतले विजयी गराउने लक्ष्यसहित सक्रिय रूपमा परिचालन भइरहेको बताएका छन्।

समाजवादी युवा संघ, नेपालका प्रदेश अध्यक्ष कमलेश यादवलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
स्थानीय युवाहरूले पनि परिवर्तन, पहिचान र अधिकारको सुनिश्चितताका लागि यस निर्वाचनलाई निर्णायक अवसरका रूपमा लिएको बताएका छन्। चुनावी माहोलसँगै सप्तरी–४मा जसपा नेपालको गतिविधि दिनप्रतिदिन थप सक्रिय बन्दै गएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर