Advertisement
ताजा खबर
पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति

बढ्दो लागुऔषध ,सुर्तीजन्य र मादक पदार्थ दुरुपयोगप्रति गम्भीर चिन्ता, नियन्त्रणका लागि एकडारामा अन्तरक्रिया सम्पन्न

प्रतिक्षा खबर
२०८२ पुष १८, शुक्रबार २२:५९

गोपाल झा

महोत्तरी , पुष १८ गते

पछिल्लो समय युवावर्गलाई लक्षित गर्दै सुर्तीजन्य पदार्थ, मादक पदार्थ तथा लागुऔषधको प्रयोग तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा यसको रोकथाम, नियन्त्रण, नियमन तथा न्यूनीकरणका उपायबारे गम्भीर छलफल गरिएको छ । महोत्तरीको एकडारा गाउँपालिकामा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले लागुऔषध दुरुपयोगले स्वास्थ्य, समाज र भविष्यमा गम्भीर असर पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा एकडारा गाउँपालिका स्थित एकडारा स्वास्थ्य चौकीको सभाहलमा  सुर्तीजन्य पदार्थ, मादक पदार्थ तथा लागुऔषधको दुरुपयोग रोकथाम, नियन्त्रण, नियमन तथा न्यूनीकरणका विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, जनप्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।       कार्यक्रममा राजर्षी क्याम्पसका डा. सुदिप कुमार यादव, स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका डा. बिपिन पाण्डे, तालिम केन्द्र पथलैयाका स्वास्थ्य निरीक्षक गिरेन्द्र झा, स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य अधिकृत रामनाथ साहलगायतले सुर्तीजन्य पदार्थ, मदिरा र लागुऔषधको दुरुपयोगले शारीरिक तथा मानसिक स्वास्थ्यमा मात्र होइन, सामाजिक अपराध वृद्धि, पारिवारिक विखण्डन र आर्थिक समस्यासमेत निम्त्याउने विषयमा धारणा राखेका थिए ।      वक्ताहरूले विशेषगरी किशोर तथा युवावर्ग यसको सिकार बन्दै गएकोप्रति चिन्ता जनाउँदै विद्यालय तहदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । साथै विद्यालय, युवा समूह, महिला समूह, अभिभावक र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्दै निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्नु आवश्यक रहेको उनीहरूको निष्कर्ष थियो ।

               अन्तरक्रियामा लागुऔषध ओसारपसार तथा बिक्री वितरण नियन्त्रणमा कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्ने, सुरक्षा निकाय र सरोकारवाला निकायहरूले अझ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिइयो । यसका साथै संघ, प्रदेश र स्थानीय तहले स्पष्ट नीति तथा नियम निर्माण गरी प्रभावकारी रूपमा लागू गर्नूपर्ने तर्फ ध्यानाकर्षण गराईएको छ ।

कार्यक्रमका अध्यक्ष तथा एकडारा गाउँपालिका अध्यक्ष दीप नारायण मण्डलले लागुऔषध तथा मदिरा दुरुपयोग नियन्त्रण राज्यका निकायको मात्र जिम्मेवारी नभई समाजका सबै पक्षको साझा दायित्व भएको स्पष्ट पारेका हुन् ।        कार्यक्रममा एकडारा गाउँपालिका स्थित सशस्त्र प्रहरी चौकीका प्रमुख , विभिन्न वडाका वडा अध्यक्षहरू, स्वास्थ्य संयोजक महेन्द्र कुमार मण्डल, पत्रकार तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रमले समुदायस्तरमा सुर्तीजन्य पदार्थ, मदिरा तथा लागुऔषधविरुद्ध चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने र दीर्घकालीन रूपमा स्वस्थ तथा सुरक्षित समाज निर्माणमा टेवा पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर