Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

संविधानका विभिन्न धाराप्रति लोसपाको आपत्ति

प्रतिक्षा खबर
२०८० चैत्र १०, शनिबार २०:३३

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संविधानमा समावेशी समानुपातिकको व्यवस्था भए पनि विभिन्न निकायमा त्यसको कार्यान्वयन नभएकोप्रति आपत्ति जनाएको छ । महोत्तरीमा सम्पन्न केन्द्रीय समितिको बैठकमा सो पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लले पेस गरेको ‘राजनीतिक अवधारणा’ मार्फत सो आपत्ति जनाइएको हो ।
लामो आन्दोलन पश्चात् धारा ४२ मा समानुपातिक समावेशी शब्दावली राखिएको तर सेना, संवैधानिक निकाय, राजदूत तथा मन्त्रिपरिषद्‌मा समावेशी शब्द मात्र राखिएको उल्लेख गर्दै आपत्ति जनाएका छन् । सहअध्यक्ष शुक्लले राज्यका हरेक अङ्गमा समानुपातिक समावेशी भन्ने शब्द राख्ने भनिए पनि यी धाराहरूमा समावेशी मात्र किन राखिएको भन्दै प्रश्न गरेका छन् ।
संविधानसभामा यो विषयमा सहमति भइसकेको र त्यसमा कुनै विवाद नभएको भन्दै सहअध्यक्ष शुक्लले भनेका छन्, ‘समानुपातिक समावेशी शब्द राजनीतिक संवाद समितिको प्रतिवेदनमा समेत छ, यो हटाउने अधिकार कसले र कहाँबाट पायो ?
दोस्रो संविधानसभाको परिणामपछि कांग्रेस, एमाले र माओवादीबिच पहिलो संविधानसभाले सहमति गरिसकेका विषयहरूलाई स्वामित्व ग्रहण गर्ने भनी चारबुँदे सम्झौता भएको थियो । तर त्यसपछि १६ बुँदे सम्झौता गरी आफू खुशी संविधान निर्माण गरिएको आरोप समेत उनले लगाएका छन् ।
पहिलो संविधानसभाले सहमति गरिसकेका विषयहरूको स्वामित्व लिनेगरी संविधानसभा नियमावली समेत बनेको थियो । संवैधानिक राजनीतिक संवाद समितिमा विवादित विषयहरु मात्र पठाउने र सहमति भइसकेका विषयलाई संविधान अभिलेख अध्ययन तथा निर्क्योल समितिले सिधै मस्यौदा समितिमा पठाउने कुरा नियमावलीमा लेखिएको तर यी कुनै पनि कुरा लागू नभएको गुनासो लोसपाको छ ।
संविधानसभा नियमावली २०७० को नियम ९३(३) को संशोधन सात दिनको म्यादलाई दुई दिनमा झारिएको समेत लोसपाको आरोप छ । दफावार छलफल र दफावार संशोधनबिना एकैचोटी संशोधन र छलफल गरी लोकतान्त्रिक विधि विधान र मान्यतालाई मिचिएको लोसपाको दाबी छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर