Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मधेसका मुख्यमन्त्री यादवले पुस ४ मा विश्वासको मत लिने

प्रतिक्षा खबर
२०८२ पुष २, बुधबार १८:५४

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते (शुक्रबार) विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाउन उनले प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन् ।

सात दलको समर्थनमा नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेता यादव मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

गत कात्तिक २४ गते बिहान पाँच बजे बर्दिवासको एक होटलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले संविधानको धारा १६८ को ३ बमोजिम नियुक्त हुँदा कांग्रेससहित सात दलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमाथि सनुवाइ गर्दै सर्वोच्च अदालतले मंसिर १५ गते २४ घण्टाभित्र तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत लिन आदेश दिएको थियो । विश्वासको मत लिन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम अर्को सरकार गठनका लागि परमादेश जारी गरेको थियो ।

यादवले विश्वासको मत लिन नसकेपछि संविधानको धारा १६८ को उपधारा २ अनुसार यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर