Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

सर्लाहीबाट २५ किलो गाँजासहित एक युवक पक्राउ

प्रतिक्षा खबर
२०८२ भाद्र १३, शुक्रबार १७:१४

१३ भदौ, जनकपुरधाम । सर्लाही प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१४ कामिटारका २० वर्षीय सन्ते ब्लोनलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान करिब ११:५५ बजे लालबन्दी नगरपालिका–८ खतिवडा चोकमा चेकजाँचका क्रममा बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकललाई शंका लागेर रोक्न खोज्दा चालक र पछाडि सवार दुब‌ैजना दुईवटा झोला फालेर पश्चिमतर्फ खेततिर भागेका थिए । पछ्याउँदा प्रहरीले शन्तेलाई पक्राउ गर्न सफल भएको छ भने अर्का व्यक्ति फरार भएका छन् ।

प्रहरीले झोला खोल्दा ५ पोका गाँजा फेला परेको छ । जसको तौल करिब २५ किलो रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलसहित बरामद गरिएको लागूऔषधसहित पक्राउ परेका ब्लोनमाथि थप अनुसन्धान भइरहेको छ ।

सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी ब्लोनलाई नियन्त्रणमा राखिएको र फरार अभियुक्तको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर