Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

एक महिलालाई अभद्र व्यवहार गरेको आरोपा मेयर दासमाथि हातपात

प्रतिक्षा खबर
२०७८ भाद्र २३, बुधबार १७:४७

जनकपुरधाम, भदौ २३ गते ।
धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास (तत्मा)लाई रामधुलाई भएको छ ।
एक महिलालाई अभद्र व्यवहार गरेको आरोपा मेयर दासमाथि हातपात भएको हो ।
गएको २० गते राति जनकपुरधाम उपमहागरपालिका वडा नं. ८ मा एक सांस्कृतिक कार्यक्रममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा युवाहरुको भीडले हातपात गरेको स्थानीयले बताएका छन् ।
हातपातसंगै मेयर दास चढ्ने नगरपालिकाको प्रदेश २ -०२-००१ झ ००४३ नम्बरको गाडीमा समेत तोडफोड भएको हो ।
आफ्नो प्रतिष्ठा बचाउन मेयर दासले आफुमाथि केहि कुनै प्रकारको घटना नभएको दावी गरे । मेयर दासले भने ‘ मसंग कुनै प्रकारको घटना भएको छैन । घटना नै भएको छैन भने मैले किन घटना भयो भनु’
तर, उनले आफुमाथि हातपात र गाडीमाथि तोडफोड गर्ने मध्येका चारजना विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । यधपि जाहेरीमा उनले आफ्नो सावरी तोडफोड भएको मात्र उल्लेख गरेका हुन् ।
यता धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेत गाडीमाथि तोडफोड गर्ने चारजनाविरुद्ध मेयर दासले जाहेरी दिएको बताए ।
मेयर दासले चारजना युवकमाथि मुद्दा दर्ता गराउने प्रक्रियामा गएपछि स्थानीयहरु बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा डेलिगेसन पुगेका थिए ।
उनीहरुले मेयर दास विरुद्ध महिलामाथि दुव्र्यहार गरेको जाहेरी दर्ता गराउने प्रक्रिया थालेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर