Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

समाजवादी विद्यार्थी युनियनको राष्ट्रिय महाधिवेशन भैरहवामा

प्रतिक्षा खबर
२०८१ चैत्र २१, बिहीबार १६:३४

रुपन्देही, चैत २१ । । जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन रुपन्देहीको भैरहवामा हुने भएको छ ।

२०८१ चैत २३ र २४ गते महाधिवेशन हुने प्रथम राष्ट्रिय महाधिवेशन आयोजक समितिले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय अध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक रमेश यादवले जसपा नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा महाधिवेशन हुने बताए ।

उनका अनुसार महाधिवेशनमा देशभरबाट ७ सय प्रतिनिधि र १ सय जना पर्यवेक्षक, सयौँ स्वयंसेवकको उपस्थिति हुनेछ ।

चैत २३ गते दिउँसो १ बजे भैरहवास्थित पटवा बैंक्वेटमा हुने महाधिवेशनको उद्घाटन सत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष राजकिशोर यादव, महासचिव एवं मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, महासचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्मा लगायतका नेताहरुको उपस्थिति रहने संयोजक यादवले जानकारी दिए ।

नेपालको शिक्षा प्रणालीलाई मौलिकता, संघीयता र रैथाने सामाजिक परिवेशनसँग जोड्न संघीय समाजवादी शिक्षा प्रणालीलाई शैक्षिक मुद्दाको रुपमा र सामाजिक न्याय, समानता, पहिचानमा आधारित राज्य संरचना र गणतन्त्र एवं धर्म निरपेक्षताको विषयहरुलाई राजनीतिक मुद्दाको रुपमा अगाडि सारेको महाधिवेशन आयोजक समितिका सह(संयोजक एवं विद्यार्थी युनियनका उपाध्यक्ष संजय राईले बताए ।

गौतमबुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर (भैरहवा) मा राष्ट्रिय महाधिवेशन आयोजना गर्न पाउँदा खुसी लागेको राईले बताए ।

जसपा नेपालका केन्द्रीय सदस्य एवं पार्टीको युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुख विन्देश्वर यादव ९बिक्की०ले राजनीति भन्दा बाहिर समाज जान नसक्ने भएकाले विद्यार्थी राजनीतिको महत्व बढ्दै गएको बताए ।

शिक्षा, स्वास्थ्य र रोजगार विद्यार्थीको अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो आधार भन्ने मूल नाराका साथ प्रथम महाधिवेशन हुन गइरहेको समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादवले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर