Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

इजरायलले गाजामा लगायो युएनको राहत एजेन्सीमाथि प्रतिबन्ध

प्रतिक्षा खबर
२०८१ कार्तिक १३, मंगलवार २१:४५

गाजा । संयुक्त राष्ट्र सङ्घको राहत एजेन्सी यूएनआरडब्ल्यूएमाथि प्रतिबन्ध लगाउन इजरायली संसद (नेसेट)मा मतदान भएको छ । यस कानूनमा एजेन्सीलाई इजरायली भूमिमा काम गर्नबाट रोक्ने प्रावधान छ । बीबीसीका अनुसार यो कानुन ९२–१० ले पारित भएको छ । कानुनका अनुसार गाजा, वेस्ट बैंक र इजरायलका अन्य क्षेत्रका मानिसहरूलाई सहयोग गरिरहेको प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घको राहत तथा कार्य निकाय (यूएनआरडब्ल्यूए) ले तीन महिनाभित्र काम बन्द गर्नुपर्नेछ ।

यूएनआरडब्ल्यूएले इजरायलले कब्जा गरेको वेस्ट बैंकसहित गाजामा बस्दै आएको लाखौँ प्यालेस्टिनी शरणार्थीहरूलाई शिक्षा, स्वास्थ्य सेवा र अन्य आधारभूत आवश्यकताहरू प्रदान गराउँदै आएको छ । यो एजेन्सीले गाजा र वेस्ट बैंकमा २५ लाख मानिसहरूको मद्दत गरिरहेको छ । गाजामा पहिलेदेखि नै खाना, पानी र औषधिको अभाव छ । यो कानुन पारित भएसँगै गाजामा मानवीय संकट बढ्ने सम्भावना चुलिएको छ ।

यूएनआरडब्ल्यूएलाई आतंकवादी समूह घोषित

सोमबार नेसेटमा अर्काे विधेयकमा पनि मतदान भएको थियो । यसमा यूएनआरडब्ल्यूएलाई आतंकवादी संगठन घोषित गरिएको छ । इजरायली अधिकारीहरूलाई संयुक्त राष्ट्र संघको यस संस्थासँग कुनै पनि प्रकारको सम्पर्क राख्न प्रतिबन्ध लगाइएको थियो । यो कानुन पनि ८९–९ ले पारित भएको थियो ।

पहिले यूएनआरडब्ल्यूएले प्यालेस्टाइनबाट भागेर अन्य देशमा बसोबास गर्ने मानिसहरूलाई सहयोग गर्दथ्यो । सन १९६७ मा इजरायल र संयुक्त राष्ट्रसंघबीच सन्धि भयो । यसमा, यूएनआरडब्ल्यूएलाई इजरायलले कब्जा गरेको क्षेत्रमा प्यालेस्टिनी शरणार्थीहरूलाई मद्दत गर्न पनि अनुमति दिइएको थियो । इजरायली संसदले मतदान गरेर यो सन्धि रद्द गरेको छ ।

हमाससँग मिलेको छ यूएनआरडब्ल्यूए

यूएनआरडब्ल्यूएका कर्मचारीहरू हमाससँग मिलेर काम गरिरहेको इजरायलको आरोप छ । सन् २०२३ को अक्टोबर ९ मा हमासले इजरायलमाथि गरेको आक्रमणमा एजेन्सीका १९ कर्मचारीहरू पनि सहभागी भएको इजरायली आरोप थियो । सो आक्रमणमा यूएनआरडब्ल्यूएका कर्मचारीहरु समाजसँग जोडिएको प्रमाण भेटेको उसको भनाई थियो ।

इजरायलको आरोपपछि यूएनले यसमाथि छानबिन सुरु गरेको थियो । अगस्टमा, यूएनआरडब्ल्यूएका नौं जना कर्मचारीहरूलाई बर्खास्त गरिएको थियो । यसपछि अमेरिका र युरोपेली संघले केही समयका लागि यूएनआरडब्ल्यूएलाई दिँदै आएको आर्थिक सहयोग रोकेका थिए । जानीजानी हमासलाई सहयोग गरेको कुरा यूएनआरडब्ल्यूएले चाहिँ अस्वीकार गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर