Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

५० प्रतिशत कैद भुक्तान गरेकालाई बाँकी छुट दिने प्रस्ताव

प्रतिक्षा खबर
२०७७ श्रावण ९, शुक्रबार १९:४२

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले ५० प्रतिशत कैद भुक्तान गरेका र आचरण सही भएका कैदीबन्दीलाई बाँकी कैद छुट दिने प्रस्ताव गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा कारागार विधेयक’माथिको छलफलमा पोखरेलले कैदीबन्दीलाई आधा कैद छुट दिनुपर्ने प्रस्ताव राखेका हुन् ।
जेलको क्षमता र कोरोना भाइरसको संक्रमणलाई देखाउँदै उनले यस्तो प्रस्ताव गरेका हुन् ।
जेल भर्ने होइन समिति वैठकमा पोखरेलले भनेअहिले कोरोना भइरसको संक्रमण पनि छ । जेलको अवस्था पनि पीडादायी छ । कैदीबन्दीले जेलमा रहँदा बस्दा राम्रो व्यवहार देखाए भने ५० प्रतिशत कैद भुक्तान गरेका सबै मुद्वाका कैदीबन्दीलाई बाँकी छुट दिने व्यवस्था राखौं ।’
जन्मकैदको सजाय पाएको, भ्रष्टाचार, जबरजस्ती करणी, बहुविवाह, मानव बेचबिखन तथा ओसार पसार, संगठित अपराधसम्बन्धी कसुरमा सजाय पाएको व्यक्तिले कुनै प्रकारको कैद छुट नपाउने प्रचलित व्यवस्था छ । यही प्रचलित व्यवस्थालाई नै विधेयकले निरन्तरता दिएको छ ।
यसलाई पनि संशोधन गरेर सबै प्रकारका कैदीले आचरणका आधारमा कैद छुट पाउने व्यवस्था राखिनुपर्ने पोखरेलको प्रस्ताव छ ।
बहुविवाहमा पनि कैद छुट नपाउने व्यवस्था छ । वहुविवाहलाई कानुनले रोकेको छ । कानुनले रोक्दा रोक्दै वहुविवाह गरे दण्डनीय छ । यसमा पनि हामी कैद छुट नपाउने भनिरहेका छौं । यस्तो राख्न हुन्न’ पोखरेलले भने ।
खुला कारागारमा जानुपर्ने र सोही अनुसार कानुन बनाइनुपर्ने उनको माग छ ।
सांसद पोखरेलको प्रस्तावमाथि शुक्रबार नै राज्य व्यवस्था समितिमा ठोस छलफल भएको छैन ।
प्रस्तावित विधेयकमा ७५ प्रतिशत कैद भुक्तान गरिसकेकाको हकमा बाँकी कैद छुटसम्बन्धी व्यवस्था लागू हुने व्यवस्था छ । गम्भीर प्रकृतिका विभिन्न कसुरमा छुट नपाइने प्रावधान राखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर