Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

‎DOTIM परिसंघ रौतहटको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम गौरमा सुरु

प्रतिक्षा खबर
२०८२ पुष २६, शनिबार २०:३७

‎गौर, रौतहट ।
‎दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायको संगठनात्मक सशक्तीकरणका लागि DOTIM परिसंघ (Dalit, Oppressed, Tharu, Indigenous and Minority) को रौतहट जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम आज गौरमा सुरु भएको छ।
‎गौरस्थित श्री रामजानकी धर्मशालामा सुरु भएको उक्त कार्यक्रम जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) रौतहट जिल्ला समितिको विस्तारित बैठकको निर्णयअनुसार आयोजना गरिएको हो।
‎कार्यक्रमको उद्घोषणा तथा सञ्चालन DOTIM परिसंघका महासचिव शशिकपुर मियाँले गर्नुभएको छ भने DOTIM परिसंघका केन्द्रीय संयोजक चन्देश्वर पासवानले अध्यक्षता ग्रहण गर्नुभएको छ।
‎कार्यक्रममा जसपा नेपालका राष्ट्रिय अध्यक्ष तथा प्रमुख वक्ता माननीय उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको छ। यस्तै, जसपा नेपालका पदाधिकारीहरू विशिष्ट अतिथिका रूपमा उपस्थित छन्, जसमा सहअध्यक्ष रकम चेम्जोङ, उपाध्यक्ष गोविन्द चौधरी र राम किशोर यादव रहेका छन्।
‎कार्यक्रमका सल्लाहकारहरूमा डा. पि.के. (पुरुषोत्तम) ठाकुर (प्रमुख सल्लाहकार) तथा योगेन्द्र राय यादव सहभागी हुनु भएको छ।
‎त्यसैगरी, DOTIM परिसंघका सह–संयोजकहरू पंचराम तामाङ (आदिवासी), डा. मोफिज सिद्दीकी (मुस्लिम) र रामआश्रय चौधरीले पनि कार्यक्रममा आसन ग्रहण गर्नुभएको छ।
‎कार्यक्रममा दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायको राजनीतिक सहभागिता, संगठन विस्तार, अधिकार संरक्षण तथा प्रतिनिधित्व सुदृढीकरणका विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ। सहभागी वक्ताहरूले समावेशी लोकतन्त्र र सामाजिक न्यायको स्थापनाका लागि यी समुदायहरूको सशक्तीकरण अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्।
‎DOTIM परिसंघमार्फत पार्टीभित्र रहेका उत्पीडित तथा सीमान्तकृत समुदायलाई संगठित गर्दै उनीहरूको आवाज नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जसपा नेपाल रौतहट जिल्ला समितिले जनाएको छ।
‎कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ता, विभिन्न समुदायका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
‎कार्यक्रमकै क्रममा DOTIM परिसंघको रौतहट जिल्ला समिति निर्माण गरिने जानकारी समेत आयोजकले दिएका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर