• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

फेरि बढाइयो सिमेन्टको मूल्य


फेरि बढाइयो सिमेन्टको मूल्य

काठमाडौँ । उद्योगीहरूले फेरि सिमेन्टमा प्रतिबोरा ४० रुपैयाँ बढाएका छन् । दुई दिनदेखि सिमेन्टको मूल्य ४० रुपैयाँ बढीले मूल्य बढेको निर्माण व्यवसायीहरूले बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ओपीसी र पीपीसी दुवै किसिमका सिमेन्टको मूल्य प्रतिबोरा ४० रुपैयाँले बढेको जानकारी दिए ।

‘ओपीसी र पीपीसी दुवै सिमेन्टको मूल्य थप ४० रुपैयाँ बढेको छ । अहिले बजारमा ओपीसी सिमेन्टको मूल्य ६३० देखि ८०० रुपैयाँसम्म पुगेको छ ,’ उनले भने,‘पीपीसी सिमेन्ट ५९० देखि ६५० सम्म पुगेको छ ।’ दुईदिनअघि ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६०० देखि ७६० रुपैयाँ थियो । मूल्य ५५० देखि ६०० रुपैयाँसम्म थियो ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले सिमेन्टको मूल्य बढाएको स्वीकार गरेका छन् । उनले लोडसेडिङ बढेको  कारण मूल्य बढाएको बताए । ‘विद्युत कटौतीको कारणले मूल्य बढाइएको हो । १२ घण्टा लोडसेडिङ हुँदा ठूलो नोक्सानी भएको छ,’ अध्यक्ष मारुले भने ।

सिमेन्ट र फलामे छडको एमआरपी राख्नुपर्ने 

अहिले बजारमा निर्माण सामग्री सिमेन्ट,फलामे छड र फलामे जालीको मूल्य बढेको बढ्यै छ  । मूल्य नियन्त्रण गर्न पछिल्लो समय सरकारले पहल थालेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट, फलामे छड (डन्डी) लगायत निर्माण सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) राखेर बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

मंगलबार विभागमा सिमेन्ट र फलामे डन्डीको मूल्य वृद्धिबारे छलफल थियो । उक्त छलफलमा मूल्य घटाउनेभन्दा सिमेन्ट र फलामे डन्डी उद्योगीलाई एमआरपी राख्न निर्देशन दिइएको र उद्योगीहरूले सहमति जनाएका विभागका महानिर्देशक कुमारप्रसाद दहालले बताएका छन् ।

महानिर्देशक दहालले भने,‘छलफलमा डन्डी र सिमेन्टमा मूल्य घटाउनेभन्दा पनि अबदेखि सिमेन्टको बोरामा र फलामे छडको एमआरपी राखेर बिक्री गर्न बजार पठाउने सहमति भएको छ । सात दिनभित्र तयारी गरेर आउँछौँ भनेका छन् ।’ दहालका अनुसार फरक–फरक उद्योगीले आफ्नो उत्पादन लागतअनुसार फरक फरक मूल्य निर्धारण गर्न पाउने छन् । तर यसपछि उद्योगीहरूले जथाभावी रुपमा मूल्य बढाउन नपाउने उनको तर्क छ ।

‘अहिलेसम्म एमआरपी राखेकै छैनन् । उद्योगीलाई एमआरपी राख्ने स्वतन्त्रता छ । उत्पादन लागतअनुसार एमआरपी निर्धारण गर्नेछन् । यसपछि बजारमा मूल्य घटबढ भएकोबारे सहजै जानकारी हुन्छ । र मूल्य नियन्त्रण गर्न सहज हुन्छ । एमआरपी फ्याक्ट्रीमै राखेर पठाउने निर्णय भएको छ । सायद अर्को हप्तादेखि निर्धारण हुन्छ,’ उनले भने ।

पछिल्लो समय उद्योगीले मनपरी ढङ्गले कार्टेलिङ गरी मूल्य बढाएको छन् । यस विषयमा कति मूल्य बढ्यो भन्ने विषयमा डिलरलाई सोध्दा फ्याक्ट्रीले भन्छन्, फ्याक्ट्रीलाई  सोध्दा डिलरले भन्छन् । एमआरपी निर्धारण भएपछि कहाँ कसले कति मूल्य बढायो भन्ने विषयमा सहजै थाहा हुने उनको भनाइ छ । एमआरपी राखिसकेपछि सिमेन्ट र डण्डीको मूल्य समायोजन गर्ने बताए ।

‘लोडसेडिङ कति बढ्दा कति मूल्य निर्धारण गर्ने यसको सूचीसमेत राख्न भनेको छु । लोडसेडिङ बढ्दा मूल्य जतिको त्यति राखेर उद्योगलाई फाइदा हुँदैन,’उनले भने,‘सरकारले १२ घण्टा लोडसेडिङ गरिदिने अनि मूल्य जतिको त्यति निर्धारण गरेर हुन्छ ?’

‘थप मूल्य बढाउने अर्को कारण एमआरपी’

निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले एमआरपी राख्नु सकारात्मक भए पनि थप मूल्यवृद्धि गर्ने नयाँ कारण भएको बताए ।

‘अधिकतम खुद्रामूल्य राख्नु पर्ने निर्णय गर्नु भएको छ यो सकारात्मक हो । तर अहिले भएको मूल्यवृद्धिलाई त्यसले कुनै कन्ट्रोल गर्दैन,’ उनले भने,‘तैपनि एमआरपी राखेपछि ठग्न भने पाउँदैन । मलाई लाग्छ यो अझै सिमेन्टको मूल्य थप बढाउने अर्को कारण हो ।’
एमआरपी राखेर मूल्यवृद्धि नियन्त्रण नहुने भन्दै उनले मूल्यवृद्धि नियन्त्रण गर्न उत्पादनमा जोड दिनुपर्ने बताए ।  उत्पादन नबढाउने हो भने भारतबाट आयात गर्न दिनुपर्ने उनको भनाइ छ ।

‘उत्पादन नबढाउने होभने भारतबाट सिमेन्ट आयात गर्न दिनु पर्छ । हुन त उद्योग मन्त्रीले उद्योगीलाई प्रोत्साहन गर्छु भनिसक्नुभएको छ,’ उनले भने,‘के आशा गर्नु । कालोबजारी भएको छैन भन्नुभएको छ । कार्टेलिङ गरेको होइन भन्नुभएको छ । उद्योगी फस्टाउने काम सरकारले गर्नुपर्छ तर आम उपभोक्ता कालोबजारीको मर्कामा पर्नेगरी काम गर्नु एउटा भ्रष्टाचार हो ।’

असार साउनमा खरीद गरेको बिल र अहिले खरिद गरेको बिलको विवरण पेस गरेको बताउँदै मूल्य नियन्त्रण गर्न साउनको उत्पादन लागत र अहिलेको उत्पादन लागत हेरेर मूल्याङ्कन गर्न सकिने उनको भनाइ छ । ‘नेपालमा मूल्य बढाएका छौँ । भारतमा निकासी गर्छु भन्छौँ । भारतमा ५०० रुपैयाँमा सिमेन्ट पाइरहेको छ । नेपालको महँगो सिमेन्ट त भारतले लैजाँदैन,’ उनले भने,‘नेपाली उपभोक्तालाई मात्र मूल्य बढाइएको छ । मूल्य बढेदेखि अहिलेसम्म १८ अर्ब कमाइसक्नुभयो उद्योगीहरूले ।’

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

१२ चैत्र २०८१, बुधबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

१२ चैत्र २०८१, बुधबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१२ चैत्र २०८१, बुधबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

१२ चैत्र २०८१, बुधबार
Next Post

सर्लाहीको गेस्ट हाउसमा भारतीय महिला मृत फेला, सुसाइड नोट भेटियो

वीरगञ्ज : नशालु पदार्थ खुवाएर छोरीको साथीमाथि पटक-पटक बलात्कार, गर्भवती भएपछि बाहिरियो घटना


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh