Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

सङ्घीयताले समुचित पहुँच र प्रतिनिधित्व भए सम्भव मन्त्री लेखीको भनाई

प्रतिक्षा खबर
२०८१ पुष २६, शुक्रबार २३:०८

गेपाल झा

महोत्तरी, पुस २६ गते

मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले विगतमा दोश्रो, तेस्रो दर्जाको नागरिकको रुपमा रहेकाहरुलाई सङ्घीयताले समुचित पहुँच र प्रतिनिधित्व सम्भव भएको बताएका हुन् ।

महोत्तरी जिल्लाको जलेश्वरमा आमसञ्चार प्राधिकरण मधेश प्रदेशले शुक्रबार आयोजना गरेको साइबर सुरक्षा र एआइ सम्बन्धी एकदिने अभिमुखीकरन कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै उहाँले सङ्घीयताकै कारण जनताहरुले सिंहदरबारबाट पाउने सेवाहरु आफ्नै गाउँठाउँबाट पाइरहेको बताएका हुन् । उहाँले १५ वर्ष अगाडी देशको महत्वपूर्ण निकायमा महिला, मुस्लिम, मधेशीलगायतका पहुँच र प्रतिनिधित्व नरहेको अवस्थामा सङ्घीयताले नै ती पहुँच र प्रतिनिधित्व बढाएको बताउनुहुँदै सङ्घीयतालाई उपलब्धिको रुपमा लिन बताएका हुन् । उहाँले विगतमा दोश्रो, तेस्रो दर्जाको नागरिकको रुपमा रहेकाहरुलाई समुचित पहुँच र प्रतिनिधित्व सङ्घीयताले नै सम्भव भएको बताउनुहुँदै सङ्घीयताले केही भएन भन्नु गलत भएको जिकिर गर्नुभयो ।

उहाँले कार्यक्रमको उदघाटनसत्रमा आफू पत्रकार र सञ्चार विकासका लागि प्रतिबद्ध भई पत्रकारको स्वास्थ्य र दुर्घटना विमाको कामकाज अघि बढाएको बताउनुभयो । मन्त्री लेखीले पत्रकारले नकारात्मक कुरालाई बढी प्राथमिकता दिने गरेको भन्दै उहाँले अब नकारात्मकभन्दा सकारात्मक कुरालाई प्राथमिकता दिन पत्रकारलाई आग्रह गर्नुभयो ।

       कार्यक्रममा बोल्दै मन्त्री लेखीले मधेश सरकारको बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत नै मधेश प्रदेशमा तिनवटा विश्वविद्यालय तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनलगायतका कामहरु भएको जानकारी दिनुभयो ।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्राधिकरणका अध्यक्ष यादवले पत्रकारिता क्षेत्रमा अध्ययन, अनुसन्धान लगायतका क्षेत्रमा काम गर्न र अध्ययन गर्न इच्छुकहरुको लागि मधेश प्रदेशका चार पत्रकारको नाममा छात्रवृत्ति कोष स्थापना गरिने बताएका हुन् । अध्यक्ष यादबले मधेश प्रदेश मिडिया काउन्सिलका पूर्व अध्यक्ष शिवहरी भट्टराई, वरिष्ठ पत्रकार राजेश्वर नेपाली, महिला पत्रकार उमा सिंह, बाराका पत्रकार विरेन्द्र साहको नाममा छात्रवृत्ति स्थापना गरिने जानकारी दिनुभयो ।

उहाँले विगतमा मधेश प्रदेशमा सक्रिय रुपमा लागेका १५० जना महिला पत्रकारहरुको विमा गरिएको जानकारी दिँदै यस वर्ष प्रदेशका करीब ८०० सक्रिय पत्रकारहरुलाई स्वास्थ्य उपचार बिमा तथा दुर्घटना विमा गरिने वताएका हुन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सुरिता कुमारी साहले बर्तमानको  भौतिकवादी युगमा विज्ञानले विकास गरिरहेको भन्दै समयअनुसार पत्रकारले पनि आफूलाई परिमार्जित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान समयमा साइबर सुरक्षा र एआइसम्बन्धी ज्ञान हुनु अति आवश्यक भएको भन्दै एआइको प्रयोग सकारात्मकताका लागि हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ महोत्तरी साखाका अध्यक्ष महेश दास जिल्लामा संचालीत रेडिओ एफएम लगायत दैनिक पत्रपत्रीकाहरुको संबर्धन संरक्षनको आबस्यकता रहेको भन्दै महोत्तरीजिल्लामा सक्रीय रुपमा पत्रकारीता गरीरहेकाहरुलाई पेसागत तालीमको आबस्यकता रहेको जानकारी गराएका छन् । कार्यक्रममा प्रेसयुनियनका संतोष सिंह , एकोरैबकी मधेश प्रदेश अध्यक्ष उपासना तिवारी , बरिष्ट पत्रकार तथा मैथिली भाषा बिज्ञ मनोज झा मुक्ती र प्रशिक्षक तथा बरीष्ट पत्रकार राकेश प्रसाद चौधरी सहितले धारणा राख्नुभयो ।

महोत्तरी पत्रकारहरुको सहभागिता रहेको उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षक जिवन भण्डारी र संतोष कुमार चौधरीले प्रशिक्षण दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर