Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

काँग्रेस उत्पीडित जन्ताकाे मुक्ति, पहिचान र अधिकारको विरुद्धमा : जसपा नेपाल

प्रतिक्षा खबर
२०८१ जेष्ठ २९, मंगलवार १९:१७

२९ जेठ, जनकपुरधाम ।
जनता समाजवादी पार्टी नेपालले आफ्नो एकाताको पहिलो महाधिवेशन सम्पन्न गर्दैगर्दा विभिन्न राजनीतिक दलहरु बारेको दृष्टिकोण सार्वजनिक गरेको छ ।
जारी महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा जसपा नेपालले बुँदा ६ मा राजनीतिक शक्तिहरुको विश्लेषण गरेको हो ।
‘नागरिकको समर्थन र झुकाव जुन दलतिर ढल्किन्छ, सोही बमोजिम सामाजिक, राजनीतिक तथा आर्थिक प्रणाली स्थापित हुँदै जाने सम्भावना रहन्छ’, प्रतिवेदनमा उल्लेख छ ।
जसपा नेपालले काँग्रेसलाई सहभागितामूलक समावेशी समानुपातिक लोकतन्त्रको विरुद्धमा उभिने शक्तिका रूपमा व्यख्या गरेको छ । दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेखे पनि २०४६ सालयता काँग्रेसका व्यवहार र एजेण्डा समावादी नरहेको जसपा नेपालको निष्कर्ष छ ।
काँग्रेस उत्पीडित जनताको पहिचान, मुक्ति र अधिकारको विपक्षमा रहेको ठहर जसपा नेपालको छ । सङ्घीताको सही मोडल पहिचानमा आधारित स्वायत्ततासहितको सङ्घीय प्रणाली हुन नसक्नुमा उसकै हात रहेको जसपा नेपालले ठहर गरेको छ ।
काँग्रेसले उदार लोकतान्त्रिक धारको नेतृत्व गरेको जसपा नेपालको प्रतिवेदनमा उल्लेख छ । काँग्रेसको शासन कालमा लाउडा, धमिजा, सुडान घोटाला जस्ता ठूल्ठूला भ्रष्टाचार काण्डहरु भए पनि विश्वसनीय छानबिन नगरिएको भन्दै जसपा नेपालले उसलाई प्रुमख प्रतिपक्षी दलको भूमिका निभाउन असक्षम भनेको छ ।
‘आज काँग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ’, प्रतिवेदनमा भनिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर