Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि

प्रतिक्षा खबर
२०७७ भाद्र १६, मंगलवार २१:२४

१६ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि भएको छ । चितवनका ३ जना, काठमाडौं र पर्साका २/२ जना र बारा, मकवानपुर, सुनसरी र सिराहका एकएक जनाको मृत्यु भएको छ ।
भरतपुर-११, चितवनका ६५ वर्षीय पुरूषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनी सोमबार नै भरतपुर अस्पताल भर्ना भएका थिए ।
भरतपुर-११, चितवनकी १८ वर्षीया युवतीको महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।
खैरहनी नगरपालिका-१३, चितवनकी ५५ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । उनीमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
बाँसवारी, काठमाडौंका ७० बर्षीय पुरुषको सहिद गंगालाल राष्ट्रिय मुटु केन्द्रमा मृत्यु भएको छ । भदौ ११ गते अस्पताल भर्ना भएका उनलाई १३ गते कोरोना पुष्टि भएको थियो । उनी उच्च रक्तचाप तथा मधुमेहका बिरामी थिए ।
केन्द्रीय कारागारमा बन्दी रहेका काठमाडौंका ३५ बर्षीय पुरुषको मेघा अस्पताल ललितपुरमा मृत्यु भएको छ । क्षयरोग तथा मानसिक समस्या भएका उनलाई १२ गते अस्पताल भर्ना गरिएको थियो र १४ गते कोरोना पुष्टि भएको थियो ।
वीरगञ्ज-२०, पर्साका ५३ वर्षीय पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा मृत्यु भएको छ । टाईप टु मधुमेह र मिर्गौलाको समस्याबाट ग्रसित उनलाई कोरोना संक्रमण भउको साउन ३१ गते पुष्टि भएको थियो ।
नारायण अस्पतालमा मृत्यु अन्दाजी ६० वर्षकै पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । ज्वरो र कमजोरीका कारण १३ भदौमा इर्मजेन्सीमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो । उनको सनाखत हुन सकेको छैन ।
कोल्हबी, बाराका ६० वर्षीय पुरुषको कोभिड अस्पता गण्डकमा मृत्यु भएको छ । उनी भदौ १० गते अस्पताल भर्ना भएका थिए ।
हेटौंडा-१५, मकवानपुरका ५८ बर्षीय पुरुषको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको छ । भदौ १४ गते भर्ना भएका उनलाई १५ गते कोरोना पुष्टि भएको थियो । उनी निमोनियाका बिरामी थिए ।
सोमबार मृत्यु भएका धरान-११, सुनसरीका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण उनको मृत्युपछि स्वाब संकलन गरिएको थियो ।
मिर्चैया नगरपालिका-६, सिराहाका ६५ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । भदौ १० गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर