Advertisement
ताजा खबर
तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष

☰

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि

प्रतिक्षा खबर
२०७७ भाद्र १६, मंगलवार २१:२४

१६ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि भएको छ । चितवनका ३ जना, काठमाडौं र पर्साका २/२ जना र बारा, मकवानपुर, सुनसरी र सिराहका एकएक जनाको मृत्यु भएको छ ।
भरतपुर-११, चितवनका ६५ वर्षीय पुरूषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनी सोमबार नै भरतपुर अस्पताल भर्ना भएका थिए ।
भरतपुर-११, चितवनकी १८ वर्षीया युवतीको महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।
खैरहनी नगरपालिका-१३, चितवनकी ५५ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । उनीमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
बाँसवारी, काठमाडौंका ७० बर्षीय पुरुषको सहिद गंगालाल राष्ट्रिय मुटु केन्द्रमा मृत्यु भएको छ । भदौ ११ गते अस्पताल भर्ना भएका उनलाई १३ गते कोरोना पुष्टि भएको थियो । उनी उच्च रक्तचाप तथा मधुमेहका बिरामी थिए ।
केन्द्रीय कारागारमा बन्दी रहेका काठमाडौंका ३५ बर्षीय पुरुषको मेघा अस्पताल ललितपुरमा मृत्यु भएको छ । क्षयरोग तथा मानसिक समस्या भएका उनलाई १२ गते अस्पताल भर्ना गरिएको थियो र १४ गते कोरोना पुष्टि भएको थियो ।
वीरगञ्ज-२०, पर्साका ५३ वर्षीय पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा मृत्यु भएको छ । टाईप टु मधुमेह र मिर्गौलाको समस्याबाट ग्रसित उनलाई कोरोना संक्रमण भउको साउन ३१ गते पुष्टि भएको थियो ।
नारायण अस्पतालमा मृत्यु अन्दाजी ६० वर्षकै पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । ज्वरो र कमजोरीका कारण १३ भदौमा इर्मजेन्सीमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो । उनको सनाखत हुन सकेको छैन ।
कोल्हबी, बाराका ६० वर्षीय पुरुषको कोभिड अस्पता गण्डकमा मृत्यु भएको छ । उनी भदौ १० गते अस्पताल भर्ना भएका थिए ।
हेटौंडा-१५, मकवानपुरका ५८ बर्षीय पुरुषको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको छ । भदौ १४ गते भर्ना भएका उनलाई १५ गते कोरोना पुष्टि भएको थियो । उनी निमोनियाका बिरामी थिए ।
सोमबार मृत्यु भएका धरान-११, सुनसरीका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण उनको मृत्युपछि स्वाब संकलन गरिएको थियो ।
मिर्चैया नगरपालिका-६, सिराहाका ६५ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । भदौ १० गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर