Advertisement
ताजा खबर
मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै

☰

कोशी ब्यारेजमा ५६ वर्षयताकै बढी पानी

प्रतिक्षा खबर
२०८१ आश्विन १३, आईतवार १५:३५

१३ असोज, विराटनगर । सप्तकोशीमा बाँध निर्माण भएयता आइतबार दोस्रो ठूलो बाढी मापन भएको छ । सन् १९६२ मा निर्माण सम्पन्न भएको कोशी ब्यारेजमा सन् १९६८ (२०२५ साल) मा अत्याधिक बाढी मापन भएको थियो ।

त्यसयता आइतबार बिहान अत्याधिक बाढीको बहाव मापन भएको कोशी भुआर्जन अधिकृत चैतन्यप्रसाद सिटौलाले जानकारी दिए । आइतबार बिहानपछि भने पानीको मात्रा घट्न थालेको छ ।

आइतबार बिहान कोशी ब्यारेजमा पानीको बहाव ६ लाख ६१ हजार ०५ क्युसेक मापन भएको थियो । सिटौलाका अनुसार सन् १९६८ अक्टोबर ५ (२०२५ असोज २० गते) मा कोशीमा ७ लाख ८८ हजार २०० क्युसेक बहाव मापन भएको रेकर्ड थियो ।

त्यसपछि आइतबार बिहान ६ लाख ६१ हजार क्युसेक मापन भएको उनले बताए । बिहानबाट भने कोशीको बहाव घट्न थालेको छ । जोखिम कायमै रहेका कारण ब्यारेजका ५६ वटै ढोका खुला छन् ।

ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारीसाधन र पैदलयात्रीलाई आवतजावतमा रोक लगाइएको छ ।

२०६५ साल भदौ २ गते कोशीको पूर्वतर्फको बाँध फुटेर बस्तीमा पस्दा १ लाख ६८ हजार क्युसेक बाढी मापन भएको थियो । सन् १९६२ मा बनेको कोशी ब्यारेजमा ९ लाख ५० हजार क्युसेक पानीको बहाव थेग्नसक्ने क्षमता छ ।

तर ब्यारेज भन्दा उत्तरतर्फको भाग बालुवाले पुरिएका कारण क्षमता बराबरको बहाव थेग्न सक्ने अवस्था छैन ।

बस्तीमा पस्यो पानी

उदयपुरको बेलका नगरपालिका-२ को बानडाँडा, बुधबारे, भागलपुर लगायतका बस्तीमा कोशीको बाढीका कारण डुबान भएको छ ।

बेलका–३ को एकता टोल र एबीसी टप्पुमा समेत बाढी पसेको छ । प्रहरीले ३६ परिवारलाई सुरक्षित स्थानमा सारेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १३ गोबरगाढा टापुमा आइतबार बिहान कोशीको बाढी पसेको छ । बेलका र कंकालिनीमा पानीको बहाव धेरै भएपछि बस्तीमा पसेको सिटौलाले बताए ।

भारतीय पक्षले कोशीको बाढी ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेको भन्दै कोशीसँग जोडिएका भारतको ८ जिल्लामा सचेत रहन सूचना जारी गरेको थियो ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार आइतबार दिउँसो १२ बजे बाढीको बहाव ५ लाख ८२ हजार क्युसेक मापन भएको छ ।

बिहान ७ बजे ६ लाख ६१ हजार क्युसेक पुगेको थियो । पानीको बहावको इकाइलाई क्यूसेक भनिन्छ । सामान्यतया पानीको बहाव कति छ भनेर थाहा पाउन क्यूसेकको प्रयोग नदीहरूमा गरिन्छ । यो प्रतिसेकेन्डमा मापन हुन्छ ।

भारतको पटनास्थित जल संशाधन विभागका प्रधान सचिव सन्तोषले शुक्रबार सूचना जारी गर्दै बाढीको मापन ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने भएकाले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लामा नोटिस जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर