Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

बरहथवामा जयशंकरलाई गोली दाग्ने हवल्दार जिल्ला तानिए

प्रतिक्षा खबर
२०८० पुष २२, आईतवार १२:१३

सर्लाहीको बरहथवाम जयशंकर साहलाई गोली चलाएर मारेको आरोप लागेका प्रहरी बरिस्ठ हवल्दार जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत्त प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादवलाई जिल्ला प्रहरी कार्यालय तानिएको हो ।
हवल्दार यादवले नै गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानेर घटनाको छानविन गरिरहेको सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले जानकारी दिए ।
गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय सर्लाही होटेलका सञ्चालक तथा कुखुरा दानाका थोक बिक्रेता जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो । उनी विद्युत् कार्यालयमा महसुस बुझाउन जाँदै थिए ।
प्रहरीले पनि जयशंकर निर्दोष रहेको स्वीकार गरसकेेको छ ।
आन्दोलनकारीले हतियार थुन्ने बेला बरिष्ठ हवल्दार यादवको बन्दुक पड्केर गोली चलेको हुन सक्ने प्रहरीको दावी छ ।
मृतक परिवार र आन्दोलनरत्त पक्षले भने बरिष्ठ हवल्दार यादवले रिसीबी साध्न निर्दोष जयशंकरलाई जानेर गोली दागेर मारेको दावी गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर