Advertisement
ताजा खबर

महोत्तरीमा डकैती गरेको आरोपीलाई गोली हानेर प्रहरीले लियो नियन्त्रणमा

प्रतिक्षा खबर
२०८० कार्तिक २९, बुधबार ०९:३१

गोपाल झा

महोत्तरी कात्तिक २९

कार्तिक २० गते जलेश्वर नपा ८ रतबारा गाँउमा भएको डाँकाकाण्डमा संलग्न भनिएका आरोपीहरुलाई महोत्तरी प्रहरीले रौतहटबाट पक्राउ गरेर ल्यादै गरेको डाँका आरोपी भाग्न खोज्दा गोली हानेर पुनः नियन्त्रणमा लिएको छ ।

रौतहटबाट पक्राउ परेका डाँका आरोपी सर्लाहीको नेत्रगन्ज १ हाल लालबन्दी नगरपालिका—२ बस्ने महादेब पासवानको ३२ वर्षीय छोरा शक्ति कपुर पासवान र एै एै बस्ने महेन्द्र पासवानको ३३ वर्षीय छोरा अजय पासवानलाई गोली हानेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताएका हुन् ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार महोत्तरीको सोनमा गाउँपालिका—५ स्थित अर्को गाडीमा राख्न खोज्दा दुबै जना भाग्न लागेको र राति १० बजे प्रहरीले गोली प्रहार गरी दुबै जनालाई नियन्त्रणमा लिनुपरेको हो ।

गत कात्तिक २० गते  राति साढे दुई बजे जलेश्वर नगरपालिका—८ स्थित रतवारा बस्ने  भुवनेश्वर चौधरीको घरमा शक्ति र अजय लगायतले ७/८ जना मिलेर डकैती गरेका थिए।

हतियारसहितको समूहले लुटपाटका क्रममा घरमा रहेका व्यक्तिलाई समेत घाइते बनाएका थिए। डाका समूहको कुटपिटबाट घरधनी ७५ वर्षीय भुवनेश्वर चौधरी, उनकी श्रीमती ७० वर्षीया शैलदेवी चौधरी, भुवनेश्वरका छोरा ५३ वर्षीय जयकिशोर चौधरी र जयकिशोरकी श्रीमती ५० वर्षीया शिमा चौधरी घाइते भएका थिए . उनिहरुले भुवनेश्वरको घरबाट ४० तोला सुनको गहना, ४५ तोलाको चाँदीको गहना, आइफोन एकथान र १ लाख ७५ हजार रुपैयाँ लुटेर फररा भएका थिए।

लुटपाटको घटनामा संलग्न अभियुक्तहरू रौटहटको गरुडा क्षेत्रमा रहेको विशेष सुराकबाट प्रहरीले जानकारी पाएको थियो । तल्कालै जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी सहायक निरीक्षक रामेश्वरप्रसाद यादवकोे कमाण्डमा खटिएको टोली रौतहटको गरुडा नगरपालिका पुगेको थियो । दुबै अभियुक्तलाई रौतहटको गरुडा नपा. वडा नं ४ स्थित पानी ट्याङकीबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

दुबै जनालाई  नियन्त्रणमा लिई प्रहरी महोत्तरीतर्फ आउदै गर्दा सर्लाहीको संग्रामपुरमा प्रहरीको गाडी अचानक बिग्रिन पुगेको बताइएको छ । महोत्तरीबाट अर्को गाडी मगाएर डाँका आरोपीलाई हाल्न खोज्दा दुबै जना भाग्न खोजेकोे र नियन्त्रणमा लिन गोली चलाउन परेको डिएसपी गिरीले बताए ।   उनका अनुसार प्रहरीको गोली शक्ति र अजयको बायाँ खुट्टाको तिघ्रामा लागेको थियो । अहिले दुबै जनाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

शक्तिको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोली बटमबाला सैमसुंगको एक थान मोबाईल , ४ हजार दुई अस्सि रुपैया नगद र चाँदीको ब्रसलेट समेत बरामद भएको छ । शक्ति पाशवान त्यस भेगमा शक्ति कपुरको नामबाट कुख्यात रहेको प्रहरीले बताएको छ ।  घटनबारे थप अनुसन्धान र बाँकी अभियुक्तहरूको खोजी कार्य जारी रहेको डिएसपी गिरीले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर