Advertisement
ताजा खबर
केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

देउवाको निवासबाट बाहिरिए नेताहरू, मधेसमा नयाँ गठबन्धन बनाउने तयारी

प्रतिक्षा खबर
२०८१ जेष्ठ १६, बुधबार १९:१९

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको ४ दलको बैठक सकिएको छ । मधेस प्रदेशको सरकारबारे विपक्षी कांग्रेस, जसपा नेपाल, लाेसपा र सत्तारुढ एकीकृत समाजवादीबिच छलफल भएको हो ।
देउवा निवासको बैठकबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लाेसपाका अध्यक्ष महन्थ ठाकुर बाहिरिएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र देउवाबिच छुट्टै छलफल भएको थियो ।
बुढानीलकण्ठ वार्तामा वर्तमान राजनीतिक अवस्था र मधेस सरकार गठनको बारेमा छलफल भएको जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए ।
मधेसमा एमालेका २३, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।
कांग्रेस, जसपा नेपाल, लाेसपा र एकीकृत समाजवादी एक ठाउँमा आउँदा १०७ सदस्यीय प्रदेश सभामा सहज बहुमत पुग्छ । मधेसमा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्दछ ।
यादवका अनुसार सत्तारुढ एकीकृत समाजवादीलाई समेटेर मधेसमा नयाँ गठबन्धन सरकार बनाउने तयारीका लागि बुधबार छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर