Advertisement
ताजा खबर
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद

जसपा नेपालकाे अध्यक्ष उपेन्द्र यादव सप्तरीमा

प्रतिक्षा खबर
२०८१ पुष २४, बुधबार १७:५५

। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिवसीय पार्टी कार्यक्रमका लागि सप्तरी पुगेका छन् । बुधबारदेखि तीन दिनसम्म सप्तरीको चार वटै निर्वाचन क्षेत्रको तीन स्थानमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादव प्रमुख प्रशिक्षक एवं वक्ताको भूमिका निर्वाह गर्नेछन् ।

पहिलो दिन सप्तरीको क्षेत्र नं १, कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित मिथिला पार्टी प्यालेस बेरियरमा पार्टी प्रशिक्षणसहित अभिमुखीकरण कार्यक्रमको उद्घाटन भएको छ । जसमा जिल्लाका केन्द्रीय नेतृत्वसहित क्षेत्रीय, पालिका र वडा स्तरका नेता कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको छ ।

दोस्रो दिन पौष २५ गते सप्तरी क्षेत्र नं। २ र ३ को संयुक्त अभिमुखीकरण कार्यक्रम विष्णुपुर गाउँपालिका वडा नंं १ स्थित प्रसाहीमा आयोजना गरिएको छ । त्यस लगत्तै पौष २६ गते क्षेत्र नं ४ को लागि खड्क नगरपालिकाको विष्णुपुर बजारमा प्रशिक्षण कार्यक्रम राखिएको छ ।

पछिल्लो पाँच महिनादेखि निरन्तर राजधानी काठमाडौँदेखि देशव्यापी हरेक पालिका र वडा स्तरसम्मै संगठन बिस्तारका लागि जसपा नेपालका नेता कार्यकर्ता जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानमा होमिएका छन् ।

पछिल्लो समय म्याद थप गरी आगामी माघ मसान्तसम्म सञ्चालित अभियानको क्रममा लुम्बिनी प्रदेशमा पाँच दिवसीय कार्यक्रम सम्पन्न गरे लगत्तै अध्यक्ष यादव सप्तरीमा चार वटै निर्वाचन क्षेत्रसहित जिल्लाभरिका अगुवा नेता कार्यकर्ताको लागि प्रशिक्षण दिन पुगेका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर