Advertisement
ताजा खबर
मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै

☰

जसपा नेपालकाे अध्यक्ष उपेन्द्र यादव सप्तरीमा

प्रतिक्षा खबर
२०८१ पुष २४, बुधबार १७:५५

। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिवसीय पार्टी कार्यक्रमका लागि सप्तरी पुगेका छन् । बुधबारदेखि तीन दिनसम्म सप्तरीको चार वटै निर्वाचन क्षेत्रको तीन स्थानमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादव प्रमुख प्रशिक्षक एवं वक्ताको भूमिका निर्वाह गर्नेछन् ।

पहिलो दिन सप्तरीको क्षेत्र नं १, कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित मिथिला पार्टी प्यालेस बेरियरमा पार्टी प्रशिक्षणसहित अभिमुखीकरण कार्यक्रमको उद्घाटन भएको छ । जसमा जिल्लाका केन्द्रीय नेतृत्वसहित क्षेत्रीय, पालिका र वडा स्तरका नेता कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको छ ।

दोस्रो दिन पौष २५ गते सप्तरी क्षेत्र नं। २ र ३ को संयुक्त अभिमुखीकरण कार्यक्रम विष्णुपुर गाउँपालिका वडा नंं १ स्थित प्रसाहीमा आयोजना गरिएको छ । त्यस लगत्तै पौष २६ गते क्षेत्र नं ४ को लागि खड्क नगरपालिकाको विष्णुपुर बजारमा प्रशिक्षण कार्यक्रम राखिएको छ ।

पछिल्लो पाँच महिनादेखि निरन्तर राजधानी काठमाडौँदेखि देशव्यापी हरेक पालिका र वडा स्तरसम्मै संगठन बिस्तारका लागि जसपा नेपालका नेता कार्यकर्ता जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानमा होमिएका छन् ।

पछिल्लो समय म्याद थप गरी आगामी माघ मसान्तसम्म सञ्चालित अभियानको क्रममा लुम्बिनी प्रदेशमा पाँच दिवसीय कार्यक्रम सम्पन्न गरे लगत्तै अध्यक्ष यादव सप्तरीमा चार वटै निर्वाचन क्षेत्रसहित जिल्लाभरिका अगुवा नेता कार्यकर्ताको लागि प्रशिक्षण दिन पुगेका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर