Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

इजरायल–हमास युद्ध छेडिएयता पहिलो पटक गाजा पुगे नेतन्याहु

प्रतिक्षा खबर
२०८१ मंसिर ५, बुधबार १९:५४

गाजा । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु गाजा पुगेका छन् । इजरायल–हमासबीच युद्ध सुरु भएयता उनी पहिलो पटक मङ्गलबार अचानक गाजा पुगेका हुन् । उनले त्यहाँ इजरायली सैन्य अड्डाहरूको भ्रमण गरेका थिए ।

उनको साथमा रक्षामन्त्री इजरायल काट्ज पनि थिए । इजरायल सरकारले यो भ्रमणको भिडियो सार्वजनिक गरेको छ । नेतन्याहुले हमाससँग युद्धविरामका लागि कुनै पनि प्रयासलाई कडाइका साथ अस्वीकार गरेका छन् । युद्ध सकिएपछि हमासले प्यालेस्टाइनमा फेरि शासन नगर्ने पनि उनले बताएका छन् । बन्धकहरूलाई सुम्पने जो कोहीलाई ५० लाख डलर दिने प्रस्ताव पनि उनले गरेका छन् ।

‘हमास फर्केर आउने छैन । गाजामा बेपत्ता भएका १०१ इजरायली बन्धकहरूको खोजी इजरायलले जारी राख्नेछ । हाम्रा बन्धकहरूलाई हानी पुर्याउने जो कोही आफ्नो मृत्युको लागि स्वयम् जिम्मेवार हुनेछ । हामी तिनीहरूलाई खोजेरै छाड्नेछौं ।

युद्धमा सेनाले लगाउने ज्याकेट र हेलमेट लगाएर नेतान्याहुले भने । नेतन्याहु गाजा भ्रमणमा हुँदा, ब्राजिलमा चलिरहेको जीट्वेन्टी शिखर सम्मेलनमा गाजालाई थप सहायता प्रदान गर्न र युद्ध रोक्न अपील गरिएको थियो । यहि महिनाको सुरुमा नेतन्याहुले योभ गालान्टलाई रक्षामन्त्रीबाट बर्खास्त गरेका थिए ।

आफूहरूबिच विश्वासको कमी भएको र युद्धको समयमा यो राम्रो नभएको नेतन्याहुको भनाइ थियो । यसैबिच नेतन्याहुले गालान्टमाथि देशका शत्रुहरूलाई फाइदा पुर्याएको आरोप पनि लगाए । त्यसपछि उनले विदेशमन्त्री इजरायल काट्जलाई रक्षामन्त्रीको जिम्मेवारी दिइएको थियो ।

इजरायल र हमासबीच एक वर्षभन्दा लामो समयदेखि युद्ध चलिरहेको छ । युद्धका कारण गाजा भग्नावशेषमा परिणत भएको छ । गाजाका ६० प्रतिशत भवन ध्वस्त भएका छन् । हमासको नामोनिशान मेटाउन इजरायलले कुनै बेला लाखौं मानिसको बसोबास भएका क्षेत्रहरू नष्ट गरेको छ । इजरायली सेनाको हवाई हमलाबाट खान युनिस, गाजा सिटी र जबलिया सबैभन्दा बढी प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर