Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

कसले जित्छ ? तुरुन्तै भन्न सक्ने अवस्था छैन : टिकटका लागि नै रातारात दल परिवर्तन गर्ने होडका कारण जन्ता अन्याेलमा लाेसपा नेता झा

प्रतिक्षा खबर
२०७९ आश्विन ३१, सोमबार १८:३९

नागेन्द्र कु यादव ,रामगाेपालपर– आउँदो मंसिर ४ को निर्वाचनमा अहिले दलहरु होमिएका छन् । सबै दल आ–आफ्ना निर्वाचन क्षेत्रमा जनतामाझ गइरहेका छन् ।
उनीहरु सबैको चाहना हो, ‘आफूले मात्रै निर्वाचनमा सिट हात पार्ने भनेर ।’ त्यसैअनुरुप उनीहरुले कसरत पनि गरिराखेका छन् ।
तर, निर्वाचन आयोगले कात्तिक १७ गतेसम्म आमसभा नगर्न निर्देशन समेत दिइसकेका छन् । निर्देशन उलङ्घन गरे उम्मेदवारी समेत खारेज गर्ने आयोगले जानकारी गराइसकेको छ ।
दलहरुको चुनावप्रतिको होडबाजी गर्ने दृष्टिकोणलाई आयोगले काउन्टर दिने काम गरेको छ ।
चुनाव नजिकिँदै गर्दा दलहरुले प्रचार–प्रसारलाई तीव्रता दिने गर्दछन् । यहीबेला आयोगको यस्तो निर्देशनले उम्मेदवारहरुलाई सकस हुने देखिन्छ । तर, यसलाई पोजेटिभ मान्नुपर्छ । यसले चुनावमा हुने अनावश्यक खर्च कम गर्छ । जुन दल र उम्मेदवार दुबैको लागि हानिकारक हुँदैन ।
यसै विषयमा केन्द्रित भएर राजनीतिलाई सही ढंगबाट विश्लेषण गर्ने युवा पुस्ताको मार्गदर्शक ज्ञानेन्द्र झा ज्ञानु (विद्यार्थी नेता) सँग कुराकानी गरेका छौं । खासगरी हामी महाेतरी जिल्लाका सबै निर्वाचन क्षेत्रका बारेमा कुराकानी गरेका छाै ।
झा भन्छन्, ‘महाेतरीको निर्वाचन यसपटक रोचक हुनेछ । यसपटक कुनैपनि दल र उम्मेदवारले सहज रुपमा जीत हात पार्न सक्दैन ।’ महाेतरी मा जम्मा ४ निर्वाचन क्षेत्र छन् । सबै क्षेत्रमा दुई पक्क्षिय भिडन्त देख्नमा लागिरहेका छन । क्षेत्र २मा खासै त्यति कडा भिडन्त नरहेपनि ३वटामा कडा टकर रहेकाे देख्न सकिन्छ ।प्राय सबै क्षेत्रमा पुरानै उमेदवारहरु छन् । कोही समकक्षी त कोही पुरानै प्रतिस्पर्धी ।
यद्यपी, विश्लेषक झाले भने, ‘नेताहरु ठूला बन्ने खोजे, असल बन्न चाहेका छ्रैनन् । जनतासँग विकल्प पनि छैन । जुन जोगी आए पनि कानै चिरेको भनेजस्तो नेपालको राजनीति ।
जे जसो भएपनि महाेतरी जिल्ला मित्र कडा चुनावी प्रतिस्पर्धामा छन् । कोही टिकटका लागि नै रातारात दल परिवर्तन गर्ने होड चलेको छ । यहाँ भिजनरी नेताको आवश्यकता छ । तर, उल्टो भएको छ केवल सिजनरी ।
भिजनरी अर्थात् ‘दूरदृष्टि’ । यहाँ दृष्टिबिहीनहरु छन् । जसकारण देश विकासले गति लिन सकेको छैन । बाहिरी शक्ति, विदेशी पैसा र भ्रस्टाचारमा लिप्त हुनेहरु नै सत्तामा पुग्ने गर्छन् । आफ्नै देशमा भएको प्रकृति, जडिबुटी, खनिज, विद्युत, पानी, नदीनाला लगायतको उपयोग गर्न सके अमेरिका ‘नेपाल’मै हो भन्दा फरक पदैन ।
निर्वाचन आयोगले दल र उम्मेदवारहरुलाई असोज ३१ गते कसी लगाएको छ । आयोगको यो निर्णय जायज भएको उनको तर्क छ । जथाभावी र हावादारी कुरा गरेर चुनावी मैदानमा उत्रने प्रक्रिया अन्त गर्न यसले सहयोग पुग्ने उनको विश्वास छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन महाेतरीमा कसले कहाँ जित्ने हो कात्तिक २० पछि मात्रै तर्क दिन मिल्छ । अहिले यहा यसले, त्यहाँ त्यसले जित्छ भन्ने कुरा पार्टीका नेता कार्यकर्ताले बोल्ने हो । मैले बोल्न मिल्दैन

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर