Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

सपथ लिँदालिँदै किन पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष

प्रतिक्षा खबर
२०८१ मंसिर २१, शुक्रबार १८:०९

२१ मंसिर, काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह सपथ लिँदालिँदै पक्राउ परे । निर्वाचित भएपछि सपथ लिने क्रममा उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले पक्राउ गरेको थियो ।

नवनिर्वाचित वडाध्यक्ष पक्राउ पर्नुको कारण बलात्कार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको कसुरमा संलग्न रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र ढकालका अनुसार उनीविरुद्ध यिनै ३ वटा कसुरमा अनुसन्धान भइरहेको छ

दुई व्यक्तिको हत्यादेखि बलात्कार र अपहरण तथा बेपत्ताको कसुरमा समेत उनी जोडिएको प्रहरीको भनाइ छ ।

करिब तीन वर्ष अघि १२ चैत २०७८ मा साह लगायतका व्यक्तिहरुले एक महिलालाई बलात्कार आरोप छ । बलात्कार र कर्तव्य ज्यान गरेको भन्दै हुलाकमार्फत १७ साउन २०७९ मा जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी आएको थियो ।

त्यसपछि १० जेठ २०८० मा जिल्ला सरकारी वकिल कार्यालय हुँदै इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा व्यक्ति बेपत्ता रहेको सम्बन्धमा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको कसुरमा जाहेरी आएको थियो ।

उच्च अदालत जनकपुरको राजविराज इजलासबाट पनि ४ चैत २०८० मा परमादेश समेत जारी भइ उच्च सरकारी वकिलको कार्यालय राजविराजमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा ६ साउन २०८१ मा उक्त परमादेश समेत आएको थियो ।

त्यसपछि साहको विरुद्ध अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको थियो । सोही अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको एसपी ढकालले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर