Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविका र नगर प्रहरीलाई साइकल वितरण मधेशको संघर्ष, उपेन्द्र यादवको राजनीतिक यात्रा र राष्ट्रिय परिवर्तनमा उहाँको योगदान मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते विश्वासको मत लिने महोत्तरीको सोनमा–६ मगरथाना बजारमा रास्वपाको पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रम हुने जसपा नेपाल कर्जन्हा नगर समितिको बैठकमा पार्टी गतिविधि तीव्र बनाउने निर्णय मधेशमा नयाँ सरकार गठनको कसरत तीव्र, जसपा नेपालभित्र विभाजनको जोखिम बढ्दै पटका पड्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु रामगोपालपुर नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन, अब आफ्नै भवनबाट सेवा प्रवाह हुने महोत्तरीमा राप्रपाका केन्द्रीय सदस्यसहित दुई नेता एमालेमा प्रवेश युवाको असन्तुष्टि सम्बोधन नगरे लोकतन्त्रको स्थायित्व संकटमा पर्छ : उपेन्द्र यादव

☰

सोनमा गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविका र नगर प्रहरीलाई साइकल वितरण

प्रतिक्षा खबर
२०८३ कार्तिक २५, बुधबार १८:४५

साेनमा । महोत्तरीको सोनमा गाउँपालिकाका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविका तथा नगर प्रहरीहरूलाई गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले साइकल वितरण गर्नुभएको छ।
गाउँघरमा नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सेवा, समर्पण र योगदानको उच्च कदर गर्दै उनीहरूको कार्यसम्पादनलाई थप सहज बनाउन साइकल वितरण गरिएको हो। त्यसैगरी, गाउँपालिकाको शान्ति सुरक्षा, बजार व्यवस्थापन तथा दैनिक कार्यसम्पादनमा खटिँदै आएका नगर प्रहरीहरूको कामलाई थप सरल, छरितो र प्रभावकारी बनाउने उद्देश्यले साइकल उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।

साइकल वितरणले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई गाउँघरका टाढाटाढासम्म पुगेर स्वास्थ्यसम्बन्धी सेवा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ। त्यस्तै, नगर प्रहरीहरूलाई पनि आफ्नो कार्यक्षेत्रमा आवतजावत गर्न तथा जिम्मेवारी निर्वाह गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस अवसरमा गाउँपालिका अध्यक्ष यादवले महिला स्वास्थ्य स्वयंसेविका र नगर प्रहरीहरू स्थानीय सरकारका महत्वपूर्ण आधारस्तम्भ रहेको उल्लेख गर्दै उनीहरूको सेवा र जिम्मेवारीलाई अझ प्रभावकारी बनाउन गाउँपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्दै जाने बताउनुभएको छ।

स्थानीय तहले जनताको सेवामा प्रत्यक्ष रूपमा खटिने कर्मचारी तथा स्वयंसेवकहरूको आवश्यकता र सुविधालाई ध्यानमा राखेर यस्ता कार्यक्रम सञ्चालन गर्नु सकारात्मक कदमका रूपमा हेरिएको छ। साइकल वितरणले सेवा प्रवाहमा सहजता ल्याउनुका साथै कर्मचारी तथा स्वयंसेविकाहरूको मनोबलसमेत बढाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर