Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

एमालेमै फर्किए रामवीर मानन्धर

प्रतिक्षा खबर
२०८१ कार्तिक २८, बुधबार १४:५९

२८ कात्तिक, काठमाडौं । पूर्वसांसद रामवीर मानन्धर नेकपा एमालेमै सक्रिय भएका छन् । ०७९ को चुनावपछि छुट्टै उम्मेदवारी दिएका उनी एमालेमा निष्कृय भएका थिए ।

तर काठमाडौं महानगरको १६ नम्बर वडामा उपचुनाव हुँदै गर्दा मानन्धर फेरि एमालेमै सक्रिय भएका हुन् । एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले मानन्धर एमालेको कार्यक्रमहरुमा सक्रिय भएको बताए ।

‘उहाँले पार्टी छोड्नु भएको होइन, थिएन । चुनावमा छुट्टै उम्मेदवारी दिनुभएपछि फरक परिस्थिति बनेको थियो’ अध्यक्ष निरौलाले भने, ‘अहिले पार्टीमै सक्रिय हुनुभयो ।’

एमालेबाट अलग भएको घोषणा नगरेकाले मानन्धरको प्रवेश कार्यक्रम जरुरी नभएको अध्यक्ष निरौलाले बताए ।

मानन्धरले पनि एमाले उम्मेदवार जिताउनेगरी आफू सक्रिय भएको बताए । ‘काठमाडौं–१६, एमाले र मेरो बीचमा एउटा इतिहास छ’ मानन्धरले भने, ‘बसपार्क, औद्योगिक क्षेत्र जति पनि विकास भएको छ, त्यसको पछि एमाले र मेरो भूमिका छ ।

यो क्षेत्रको थप विकासका निम्ति आफू एमालेमै सक्रिय हुनु परेको उनले बताए । ‘बीचबीचमा केही हावाहरु चले । तर यो क्षेत्रमा एमालेको इतिहास छ’, मानन्धरले भने ।

२१ हजार मतदाता रहेको यो क्षेत्रबाट मानन्धरले दुईपटक वडाध्यक्ष जितेका थिए । २०४९ र २०५४ को चुनावमा उनले यही वडाबाट वडाध्यक्ष जितेका थिए ।

२०७० र ०७४ को चुनावमा काठमाडौं–७ बाट मानन्धर सांसद बने । ०७७ मा राज्यमन्त्री पनि बने । तर तत्कालीन नेकपाको विवादसँगै मानन्धर एमालेको संस्थापनबाट अलग हुन पुगेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर