Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

२४ घण्टामा थपिए १४५४ संक्रमित

प्रतिक्षा खबर
२०७७ भाद्र २६, शुक्रबार १७:५५

२६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७०१ नमुना परीक्षण गर्दा ४६३ महिला र ९९१ पुरुषमा संक्रमण पुष्टि भएको हो
यससँगै कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । उनीहरुमध्ये ३२२ जनाको मृत्यु भएको छ भने ३६ हजार ६७२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९७२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ६९६ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ६२० जना काठमाडौंका छन् भने ललितपुर र भक्तपुरका ३८/३८ जना छन् ।
यस्तै रुपन्देही १०२ जना, कैलालीका ६७, मकवानपुरका ५४, मोरङका ४७, सुनसरीका ४४, सिराहाका ४२, नवलपुरका ३८, नवलपरासीका ३५, कपिलवस्तुका २८, सुर्खेतका २६, गुल्मीका २०, बाँकेका १८, झापा र संखुवासभाका १४/१४ जना, प्युठानका १३, पाल्पाका १२, काभ्रे, कास्की र रुकुम पूर्वका ११ जना, तनहुँका ८ र सर्लाहीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दाङका ५ जना, रौतहट, गोरखा, लमजुङ र डोटीका ६/६ जना, सप्तरी र स्याङ्जाका ४/४ जना, पर्सा, नुवाकोट र रोल्पाका ३/३ जना, धनुषा, बारा, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुली, पर्वत र कञ्चनपुरका २/२ जना तथा धादिङ, रामेछाप, बर्दिया र जुम्लाका १/१ जनामा पनि संक्रमण देखिएको छ ।
यससँगै देशभर संक्रिय संक्रमितको संख्या १४ हजार ९२५ भएको छ । उनीहरुमध्ये २५ जनाको भेल्टिलेटर र १७० जनाको आईसीयूमा उपचार भइरहेको छ । ६ हजार ६३४ जना भने होम आइसोलेनसमा रहेको मन्त्रालयले जनाएको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर