Advertisement
ताजा खबर
रामगोपालपुर नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन, अब आफ्नै भवनबाट सेवा प्रवाह हुने महोत्तरीमा राप्रपाका केन्द्रीय सदस्यसहित दुई नेता एमालेमा प्रवेश युवाको असन्तुष्टि सम्बोधन नगरे लोकतन्त्रको स्थायित्व संकटमा पर्छ : उपेन्द्र यादव सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी सोनमा–८ मा पुनः चर्चामा राजदेव यादव, स्थानीयस्तरमा राजनीतिक बहस सुरु जसपा नेपाल र लोसपा नेपालबीचको पार्टी समायोजनपछि महोत्तरी जिल्ला अध्यक्षमा रामनरेश यादव मनोनीत बलवामा एमालेको शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, हजारौँ कार्यकर्ताको सहभागिता जसपा नेपालको मधेश प्रदेश समिति पुर्ण बैठक सम्पन्न फेटा अस्पताल घटनामा प्रहरी दमनको जसपा नेपालद्वारा भर्त्सना, छानबिन र कारबाहीको माग सर्लाहीको भूमि प्रशासन कार्यालयमा अख्तियारको छापा, एक लाख रुपैयाँसहित नायब सुब्बा नियन्त्रणमा

☰

रामगोपालपुर नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन, अब आफ्नै भवनबाट सेवा प्रवाह हुने

प्रतिक्षा खबर
२०८३ कार्तिक २२, आईतवार १३:३१

होत्तरी, २०८३ कार्तिक २२ गते।
महोत्तरीको रामगोपालपुर नगरपालिकाले वर्षौंदेखि भाडाको भवनबाट सञ्चालन हुँदै आएको कार्यालय अब आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट सञ्चालनमा ल्याएको छ। लक्ष्मीपूजाको शुभ अवसर पारेर एक विशेष समारोहबीच नगरपालिकाको नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको हो।
नयाँ भवनको उद्घाटनसँगै नगरपालिकाले लामो समयदेखि व्यहोर्दै आएको घरभाडाको आर्थिक भारबाट मुक्ति पाउने भएको छ। कार्यालय सञ्चालनका लागि वर्षेनी लाखौँ रुपैयाँ भाडामा खर्च हुँदै आएकोमा अब उक्त रकम बचत हुने नगरप्रमुख रामदुलार साहले बताएका छन्।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख साहले आफ्नै प्रशासनिक भवन निर्माण हुनु नगरपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसले नगरपालिकाको आर्थिक भार कम गर्नुका साथै सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
त्यस्तै, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेशसभा सदस्य सरोज कुमार यादवले लक्ष्मीपूजाको पावन अवसरमा नयाँ प्रशासनिक भवन उद्घाटन हुनु नगरवासीका लागि खुसीको विषय भएको बताए। आफ्नै भवनबाट कार्यालय सञ्चालन हुँदा सेवाग्राहीलाई सहज हुने, कर्मचारीलाई काम गर्न अनुकूल वातावरण मिल्ने र नगरपालिकाको प्रशासनिक कार्यसम्पादन थप प्रभावकारी बन्ने उनले धारणा व्यक्त गरे।

नयाँ भवन सञ्चालनमा आएसँगै नगरवासीले विभिन्न प्रशासनिक तथा विकास निर्माणसम्बन्धी सेवा एउटै स्थानबाट सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
वर्षौंदेखि भाडाको भवनमा निर्भर रहँदै आएको रामगोपालपुर नगरपालिकाले आफ्नै प्रशासनिक भवन प्राप्त गर्नु संस्थागत विकास र पूर्वाधार निर्माणको दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले नगरपालिकाको आर्थिक बचतसँगै सुशासन, पारदर्शिता र नागरिकमैत्री सेवा प्रवाहमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर