Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

उपचुनाव लड्ने हिम्मत जुटाउन नसकेको एकीकृत समाजवादी

प्रतिक्षा खबर
२०८१ कार्तिक २९, बिहीबार २०:०९

 

२९ कात्तिक, काठमाडौं । आगामी १६ मंसिरमा हुने उपचुनावका लागि दलहरुले धमाधम उम्मेदवार टुंग्याइरहेका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले केही स्थानबाहेकका उम्मेदवार गएको २४ कात्तिकमै टुंग्याएको हो ।

सत्तारुढ नेपाली कांग्रेसमा पनि उम्मेदवार टुंग्याउने चटारो छ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले केही स्थानबाहेक उम्मेदवार टुंग्याइसकेको छ भने राप्रपाले १७ स्थानको उम्मेदवार सार्वजनिक गरिसकेको छ ।

तर विपक्षी कित्तामै उभिएको एकीकृत समाजवादी उपचुनावको तयारीमा तुलनात्मक रुपमा पछि देखिन्छ । ‘अरु पार्टीहरुमा बनिबनाउ संगठन र नेता छन् । हाम्रोमा अलिक समस्या भएर हो’, उपाध्यक्ष जगनाथ खतिवडा भन्छन् ।

प्रवक्तासमेत रहेका खतिवडा उपचुनावबारे पार्टीको नीति भने प्रष्ट रहेको बताउँछन् । ‘हामी देशभर एकल प्रतिस्पर्धा गर्ने नीतिमा छौं, तर कतिपय ठाउँहरुमा तालमेल र सहकार्य हुन्छ । अरु दलहरुले पनि गर्ने त्यही हो’, उनी भन्छन् ।

यसपटक पार्टीले देखिने गरी उपलब्धिसमेत प्राप्त गर्ने खतिवडा दाबी गर्छन् । ‘हामीले यसपटक जति जित्छौं । त्यो उपलब्धि मात्र हुन्छ, गुमाउनु केही छैन’, उनी भन्छन् ।

तर निर्णय प्रक्रिया र समयअवधि हेर्दा एकीकृत समाजवादीले उपचुनावलाई आवश्यक ध्यान दिएको देखिदैन । जस्तो कि एमालेले उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिरहँदा (२४ कात्तिकमा) बल्ल एकीकृत समाजवादीले उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको थियो ।

प्रवक्ता खतिवडा भने उम्मेदवार टुंग्याउन अब धेरै समय नलिने बताउँछन् । ‘जति ढिलो भयो, त्यो भइसक्यो । अब हुन्न’, उनी भन्छन्, ‘नेता र संगठन भएको ठाउँबाट लगभग नाम तय भइसकेको छ । कतिपय ठाउँमा त उम्मेदवारी नहुन पनि सक्छ ।

उपचुनावबारे यो पार्टीमा जाँगर नदेखिनु अथवा ढिलाइ गरिरहनुमा भने पहिलेजस्तो राजनीतिक समीकरण नरहनु र विगतको चुनावी नतिजा आशातीत नहुनु रहेको सहज आँकलन गर्न सकिन्छ ।

२०७९ को चुनावमा एकीकृत समाजवादीले कांग्रेस, माओवादीसहित ५ दलीय गठबन्धनबाट लडेको थियो । तर दाबी गरेजस्तो नतिजा आएन ।

अहिले उपचुनाव हुन लागेको ४२ मध्ये २५ स्थानमा त ०७९ को स्थानीय चुनावमा एकीकृत समाजवादीको उम्मेदवार समेत थिएन । बाँकी क्षेत्रमा उम्मेदवारी दिइएको भएपनि जितको सम्भावना भन्दा धेरै थोरै मत पाएका थिए ।

जहाँ उम्मेदवार नै थिएन

उपचुनाव हुन लागेका क्षेत्रहरुमा कांग्रेस र एमाले मूख्य प्रतिस्पर्धी हुँदा माओवादी तेस्रो शक्ति हो ।

तर पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल रहेको एकीकृत समाजवादी काठमाडौ महानगर–१६, रौतहटको गढीमाई नगरपालिका–८ र रौतहटकै राजपुर नगरपालिका–६ बाहेक कतै पनि प्रतिस्पर्धीसमेत छैन ।

यी दुई वडामा एकीकृत समाजवादी प्रतिस्पर्धी हुन सक्छ । किनकि २०७९ को स्थानीय चुनावमा यी वडामा राम्रै मतसहित एकीकृत समाजवादीका उम्मेदवार तेस्रो भएका थिए ।

चुनावी नतिजा नै यस्तो छ कि तेस्रो शक्ति बन्नु नै एकीकृत समाजवादीका निम्ति उपलब्धि देखिन्छ । अधिकांश चुनावी क्षेत्र त एकीकृत समाजवादीका समर्थकको दायित्व भनेकै अरु दलका उम्मेदवारलाई भोट हाल्नु हो ।

एकीकृत समाजवादीले २०७९ को चुनावमा अरु दललाई समर्थन जनाएको अथवा उम्मेदवार नै नभेटाएको २५ स्थानमा अहिले उपचुनाव हुँदैछ । यीमध्ये अधिकांश स्थानमा कांग्रेस वा एमालेले जितेका छन् ।

उपचुनाव हुने झापाको कन्काई नगरपालिका–६ मा एमालेले जितेको छ । तेह्रथमको लालीगुराँस गाउँपालिका–८, उदयपुरको त्रियुगा नगरपालिका १२, बेलका नगरपालिका ९ र ताप्लेजुङको सिरिजंगा गाउँपालिका ३ मा कांग्रेसले जितेको थियो ।

तर यी कुनैपनि वडामा एकीकृत समाजवादीले उम्मेदवारी दिएको थिएन । एकीकृत समाजवादीको उम्मेदवार नरहेको मधेशका तीन वडामा उपचुनाव हुँदैछ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र सप्तरीकै डाक्नेश्वरी नगरपालिका- ४ मा कांग्रेसले जितेको थियो । महोत्तरी रामगोपाल नगरपालिका–२ मा भने माओवादीले जितेको छ ।

गाउँपालिका उपाध्यक्ष पदकै उपचुनाव हुन लागेको दोलखाको गौरीशंकर गाउँपालिकामा पनि एकीकृत समाजवादीसँग उम्मेदवार नभएकाले कांग्रेसलाई सहयोग गरेको थियो ।

काठमाडौंको कीर्तिपुर ४ र हेटौंडा उपमहानगरपालिका १२ मा पनि एकीकृत समाजवादीसँग उम्मेदवार थिएन । कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारले जितेको थियो भने हेटौंडा–१२ मा माओवादीले जितेको थियो ।

गत चुनावमा गुल्मीको मुसिकोट नगरपालिका–१ र रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेस उम्मेदवारले जित्यो ।

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा एकीकृत समाजवादीले माओवादीकी भूपेन्द्रा बुढालाई मत दिएको थियो । यही पालिकाको २ नम्बर वडामा समेत उपचुनाव हुँदैछ । यो वडामा माओवादीले नै जितेको थियो । कालीकोटको तिलागुफा गाउँपालिका–४ मा माओवादी उम्मेदवारले जितेको थियो ।

उपचुनाव हुने जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा कांग्रेसकी सरिता सिंहले जितेकी थिइन् । एमालेकी सुनिता बोहरालाई हराउन एकीकृत समाजवादीले कांग्रेसलाई मत दिएको थियो ।

जाजरकोटको कुशे गाउँपालिका–७ मा माओवादी र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा एमालेले जितेको थियो, यहाँ एकीकृत समाजवादीसँग उम्मेदवार थिएन ।

हुम्लाको सार्केगाड गाउँपालिका उपाध्यक्ष पदमा एमाले भर्सेस तत्कालीन गठबन्धनबीच प्रतिस्पर्धा भएको थियो । एमालेकी जुनकुमारी फडेरा हराउन एकीकृत समाजवादीको साथ माओवादीकी चन्द्र सिंह कार्कीलाई थियो ।

डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसले जितेको छ । प्रतिस्पर्धी शक्ति एमाले नै हो । दार्चुला दुहुँ गाउँपालिका– ५ मा माओवादीले जितेको छ । यहाँ पनि एकीकृत समाजवादीले उम्मेदवारी दिएको थिएन ।

उपाध्यक्ष पदमा उपचुनाव हुने बाजुराको स्वामीकात्र्तिक गाउँपालिकामा पनि एकीकृत समाजवादीले ०७९ मा उम्मेदवारी दिएको थिएन । यहाँ माओवादीका उम्मेदवारलाई एकीकृत समाजवादीले मत दिएको थियो ।

उम्मेदवारीमै सीमित

एकीकृत समाजवादीले कुनैपनि चुनावमा एक्लै भिड्ने हिम्मत गरेको छैन । ०७९ मा सम्पन्न तीन तहकै चुनाव र त्यसपछि भएका उपचुनावहरुमा उसले कांग्रेस र माओवादीसहितको गठबन्धनलाई साथ दिएको छ ।

यद्यपि नतिजा राम्रो ल्याउन सकेको छैन । ०७९ को चुनावमा राम्रै मत ल्याएको र अहिले उपचुनाव हुन लागेको क्षेत्रमध्ये काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष एउटा हो ।

यो वडामा एकीकृत समाजवादीका उम्मेदवार लक्ष्मण गमालले १५८९ मत पाएका थिए । तर जित्ने उम्मेदवार कांग्रेसका मुकुन्द रिजालको मत ४,०१९ र निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरको मत ३,३१० थियो ।

यो बाहेक एकीकृत समाजवादीका उम्मेदवारले प्रतिस्पर्धी मत पाएको क्षेत्र हो, रौतहटको गढीमाई नगरपालिका–८ । यो वडामा जसपाका रामाज्ञा राय यादवले ७६४ मत पाएर जित्दा कांग्रेसका वैद्यनाथ ठाकुरले ५६१ र एकीकृत समाजवादीका बजरंगीप्रसाद यादवले ५१९ मत पाएका थिए ।

रौतहटकै राजपुर नगरपालिका–६ मा पनि एकीकृत समाजवादीको अवस्था तुलनात्मक राम्रो छ । यहाँ कांग्रेसका शेख मोजरे आलमले ५३४ मत ल्याएर वडाध्यक्ष जित्दा एकीकृत समाजवादीका जिकरुलाह ३२० मत पाएर तेस्रो भएका थिए ।

उपचुनाव हुने अरु क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवारले पाएको मत असाध्यै थोरै छ । अहिले दलहरुले प्रतिष्ठाकै क्षेत्र मानेको कीर्तिपुरमा एकीकृत समाजवादीका उम्मेदवारले जमानतसमेत जोगाउन सकेको थिएन ।

कांग्रेसका राजकुमार नकर्मीले ९,०४३ मत ल्याएर कीर्तिपुरको मेयर जित्दा एकीकृत समाजवादीका बटुकृष्ण थापाले जम्मा १,१५३ मत पाएका थिए । यहाँ एमालेका केशरत्न बज्राचार्यले ५,५०७ र माओवादीका शिवशरण महर्जनले ४,०९० मत पाएका थिए । माओवादी अध्यक्ष प्रचण्डले यो उपचुनावमा कीर्तिपुरको मेयरका लागि एकीकृत समाजवादीसँग प्रस्ताव गरेका छन् ।

पालिका अध्यक्षकै उपचुनाव हुने मोरङको ग्रामथान गाउँपालिकामा पनि एकीकृत समाजवादीको अवस्था राम्रो छैन ।

२०७९ को चुनावमा कांग्रेस उम्मेदवार जयप्रकाश गच्छदारले ७,६०५ मत ल्याएर अध्यक्ष जित्दा एकीकृत समाजवादीका राकेश चौधरी १३९ मतमा सीमित थिए ।

पालिका पदाधिकारीमै उपचुनाव हुँदै गरेको दैलेखको महाबु गाउँपालिकामा गत चुनावमा माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । अध्यक्ष माओवादी र उपाध्यक्ष एकीकृत समाजवादीले लिएको थियो । तर यो गठबन्धन तेस्रो हुँदा एकीकृत समाजवादीका जंगबहादुर शाहीले उपाध्यक्षमा २,२६८ मत पाएका थिए ।

उपचुनाव हुन लागेका अरु वडाहरुमा पनि एकीकृत समाजवादीको मत असाध्यै कमजोर छ । कीर्तिपुर १ मा एकीकृत समाजवादीका उम्मेदवार रोहित मजर्हनले जम्मा ६३ मत पाएका थिए । जबकी कांग्रेसका हिरालाल महर्जनले ७७८ मत पाएर वडाध्यक्ष जितेका थिए ।

सुनसरीको गढी गाउँपालिका–६ मा एकीकृत समाजवादीले पाएको मत हो, १२३ । जबकी चुनाव जितेका एमालेका सदानन्द उरावँ झागरले ७१२ मत ल्याएका थिए ।

ओखलढुंगा मोलुङ गाउँपालिका–५ मा एकीकृत समाजवादीका किशान खत्रीले ३५ मत ल्याउँदा कांग्रेसका गोपीकृष्ण कार्कीले ३८४ मतसहित वडाध्यक्ष जितेका थिए ।

धनुषाको धनुषा नगरपालिका–१ मा एकीकृत समाजवादी सातौं शक्ति बन्योे । ६१८ मत पाएर कांग्रेसका विश्वनाथ यादवले जित्दा एकीकृत समाजवादीका महेन्द्र यादवले जम्मा ३१ मत पाए ।

२०७९ को स्थानीय चुनावमा पाँच दलीय गठबन्धनमै रहँदा पनि कांग्रेस अथवा माओवादीसँग एकीकृत समाजवादीले असाध्यै धेरै ठाउँमा प्रतिस्पर्धा गरेको थियो । त्यसको कारण भने एकीकृत समाजवादीका स्थानीय नेताहरुको हिम्मत थियो ।

पार्टी केन्द्रले गठबन्धनको निर्णय गरेपनि उनीहरुले कांग्रेस र माओवादीबाट सम्मानित प्रस्ताव नआएको निष्कर्ष सहित अलग्गै लड्ने तागत देखाएका थिए ।

तर मत भने फेरि पनि असाध्यै कमजोर थियो । जस्तो कि अहिले उपचुनाव हुने गोरखाको गोरखा नगरपालिका–५ लाई उदाहरणका रुपमा हेर्न सकिन्छ । यो वडामा एमालेका खिलबहादुर रानाले ४५३ मत ल्याएर वडाध्यक्ष जित्दा कांग्रेसकी गीता थापामगरले ४२८ मत पाइन्् । यही वडामा एकीकृत समाजवादीका रोशन बानियाँको मत जम्मा २ थियो ।

यस्तै हालत, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा पनि हेर्न सकिन्छ । यो वडामा कांग्रेसका सूर्यबहादुर विष्टले १२०९ मत पाएर वडाध्यक्ष जित्दा एकीकृत समाजवादीका दशैया थारुले १६ मत पाएका थिए ।

यो एकप्रकारले प्रतिस्पर्धीहीन उम्मेदवारी थियो । यस्तै अवस्था अरुतिर पनि भेट्न सकिन्छ । उपचुनाव हुने नुवाकोटको ककनी गाउँपालिका–२ मा एकीकृत समाजवादीले ८२ मत पाएको मत थियो । जबकी कांग्रेस उम्मेदवार तिलकबहादुर लामाले ८८८ मत ल्याएर वडाध्यक्ष जितेका थिए ।

उपचुनाव हुन लागेको कपिलवस्तुको शुद्धोधन गाउँपालिका १, दैलेख दुल्लु नगरपालिका १३ र कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा पनि एसका उम्मेदवारले नगण्य मत पाएका थिए ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा कांग्रेसका तिलकराम यादवले १०३२ मत ल्याएर जित्दा एसका नत्रलाल खातुनले ३४ मत पाएका थिए ।

दैलेख दुल्लु नगरपालिका–१३ मा एमालेका बिर्खबहादुर शाहीले ८२२ मत सहित जित्दा एसका भीमप्रसाद शर्माले ३६ मत पाएका थिए । यी दुई भन्दा थोरै बढी, तर जित भन्दा धेरै टाढाको मत कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा एकीकृत समाजवादीले पाएको थियो ।

यो वडामा कांग्रेसका महेन्द्र खड्काले १,१०२ मत सहित वडाध्यक्ष जित्दा एसका जितेन्द्रबहादुर चन्दले २३२ मत पाएका थिए ।

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर