महोत्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महोत्तरीको सोनमा गाउँपालिका–६ स्थित मगरथाना बजारमा पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी सोनमा गाउँपालिका अध्यक्ष डा. अशोक कुमार यादवको आयोजनामा आगामी २०८३ साल कार्तिक २४ गते बिहान ९ बजे कार्यक्रम हुन लागेको हो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। साथै पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीबीच आपसी भेटघाट र शुभकामना आदान–प्रदान गरिने बताइएको छ।
कार्यक्रममा सहभागी हुन सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणलाई हार्दिक निमन्त्रणा गरिएको छ।
रास्वपा सोनमा गाउँपालिका अध्यक्ष डा. अशोक कुमार यादवले सामाजिक सञ्जालमार्फत कार्यक्रमबारे जानकारी दिँदै सबैलाई उपस्थितिका लागि आग्रह गरेका छन्।
कार्यक्रम स्थल: मगरथाना बजार, सोनमा गाउँपालिका–६, महोत्तरी।
मिति: २०८३ साल कार्तिक २४ गते।
समय: बिहान ९:०० बजे।







