रामगाेपालपुर – महोत्तरीको रामगाेपालपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ४९ करोड ५५ लाख ३८ हजारको अनुमानित बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। “समृद्ध कृषि , गुणस्तरीय सार्वजनिक सेवा, सुशासित नगर आत्म निर्भर रामगाेपालपुरको आधार” भन्ने नाराका साथ नगरपालिकाले विकास निर्माण, प्रविधिमैत्री सुशासन र सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखेको जनाएको छ।


रामगाेपालपुर नगरपालिकाको १४औँ नगरसभाको विशेष अधिवेशन नगर प्रमुख एवं सभाध्यक्ष राम दुलार साहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा महाेत्तरी क्षेत्र नं४क काे प्रदेश सांसद एवम मधेश प्रदेशकाे पूर्व मुख्यमन्त्री सराेज कुमार यादव प्रमुख अतिथि तथा नगर उपप्रमुख रिना देवी र जिल्ला समन्वय समिति महोत्तरीका उप प्रमुख नन्दु पासवान विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा लाेकनाथ भुसालले स्वागत मन्तव्य राख्दै जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा नगरवासीलाई स्वागत गर्नुभएको थियो।

oplus_142606336
नगरसभामा बजेट प्रस्तुत गर्दै नगर प्रमुख रामदुलार साहले कुल बजेटको स्रोत व्यवस्थापनबारे जानकारी दिँदै नेपाल सरकारबाट रु ३६ करोड १५ लाख ४७ हजार९५६, प्रदेश सरकारबाट रु ९१ लाख ९७ हजार ९३४, आन्तरिक राजस्वबाट रु २ करोड ४९लाख,७१हजार,२७६ रकम समावेश रहेकाे छ ।
चालु आर्थिक वर्षको प्रगति समीक्षा गर्दै नगर प्रमुख रामदुलार साहले नगर क्षेत्रमा लगभग सबै वडाहरुमा सडक ढलान भइसकेकाे छ र ९ वडामध्ये २ वटा वडा कार्यालय आफ्नै भवनमार्फत सेवा प्रवाह सुरु भइसकेको जानकारी दिनुभयो।
आगामी आर्थिक वर्षमा नगरपालिकाले डिजिटल सुशासनलाई विशेष प्राथमिकता दिएको छ। विद्युतीय हाजिरी प्रणालीलाई स्वास्थ्य संस्थासम्म विस्तार गर्ने तथा सामाजिक सुरक्षा भत्ता वितरणमा बायोमेट्रिक र ईएफटी प्रणाली लागू गर्ने योजना अघि सारिएको छ।

oplus_142606336
शिक्षा क्षेत्रमा विपन्न तथा जेहेन्दार छात्रालाई दिदै आएको प्राेत्साणा कार्यक्रमलाई निरन्तरता दिँदै जीवनोपयोगी तथा सीपमूलक शिक्षामा जोड दिइने भएको छ। शिक्षा तर्फ रामगाेपालपुर नगरपालिकामा रहेकाे महेन्द्र माध्यमिक विद्यालयकाे अधुराे भवनलाइ अघि बढाउने तथा शिक्षामा थप जाेड दिनकाेलागि नगर शिक्षककाे भर्ना गर्ने बताइएकाे छ ।
पूर्वाधार विकासतर्फ नयाँ सडक आयोजनाको डीपीआर तयार गर्ने, सडक निर्माणसँगै नाला निर्माणलाई अनिवार्य गर्ने र ‘हरित सडक’ अवधारणाअनुसार वृक्षारोपण गर्ने योजना समेटिएको छ।

कृषि क्षेत्रको विकासका लागि बाँझो जमिन उपयोग गर्ने कृषकलाई बीउ तथा कृषि औजारमा अनुदान, माटो परीक्षण सेवा, स्यालो ट्युबवेल र कृषि उपकरण उपलब्ध गराउने कार्यक्रम समावेश गरिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि यादवले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनताको आवश्यकता र अपेक्षाअनुसार नीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो।
नगर प्रमुख साहले अन्त्यमा वक्ताकाे प्रश्नकाे उतर दिदै सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै रामगाेपालपुर नगरपालिकाको १८र४औँ नगरसभाको विशेष अधिवेशन समापन भएको घोषणा गर्नुभयो।






