Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

समानुपातिकमा तीन पुरुष सांसद छान्न देउवालाई सकस

प्रतिक्षा खबर
२०७९ मंसिर २२, बिहीबार २१:०१

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसलाई प्रतिनिधिसभाको समानुपातिकतर्फका तीन पुरुष सांसद छनोट गर्न सकस पर्ने भएको छ ।
समानुपातिकतर्फ कांग्रेसले ३२ सिट पाएको छ । संघीय संसदमा हरेक दलले ३३ प्रतिशत महिला सांसद निर्वाचित गर्नुपर्ने भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिला नै पठाउनुपर्छ । बाँकी ३ जनामा भने पुरुषलाई पठाउन पनि सक्छ ।
यही तीन सिटका लागि पूर्व र वर्तमान पदाधिकारीको हानथाप हुने देखिएको छ ।
समानुपातिकतर्फको बन्दसूचीमा आआफ्नो क्लस्टरको पहिलो नम्बरमा डा. प्रकाशशरण महत, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ पूर्वपदाधिकारी हुन् । जीवन परियार र फरमुल्लाह मन्सुर हालका सहमहामन्त्री हुन् । वर्तमान पदाधिकारीलाई छनोट गर्ने कि पूर्व पदाधिकारीलाई चयन गर्ने भन्ने विषयमा देउवामाथि दबाव परेको छ । नेता विजय गच्छदार निकटलाई पनि संसदमा पुर्‍याउनुपर्ने दबाव पनि देउवालाई छ ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महत खस आर्य तर्फको पहिलो नम्बरमा छन् । पूर्व उपसभापति श्रेष्ठ आदिवासी जनजातितर्फ र निधि मधेसीतर्फ पहिलो नम्बरमा बसेका छन् । महत, निधि र श्रेष्ठलाई सभापति देउवाले अघि बढाए भने जीवन परियार, फरमुल्लाह मन्सुर र योगेन्द्र चौधरी सांसद बन्ने बाटो रोकिन्छ । परियार दलित, मन्सुर मुस्लिम र चौधरी थारु क्लष्टरको पहिलो नम्बरमा छन् ।
कांग्रेसले प्रत्यक्षतर्फ एक जना पनि दलित उम्मेदवार बनाएन । मुस्लिम समुदायबाट रौतहट २ बाट उम्मेदवार बनेका फिरदोस आलम पराजित भए । योगेन्द्र दाङ १ का टिकट आकांक्षी थिए । तर सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्दा यो क्षेत्र एकीकृत समाजवादीलाई दिनुपर्ने भएपछि योगेन्द्र समानुपातिकमा बसेका थिए ।
तर अब तीन सिटमा को जाने भन्ने विवाद छ । सहमहामन्त्री परियार, डा. शेखर कोइराला समूहका नेता हुन् । मन्सुर र चौधरी संस्थापन पक्षका हुन् । नेता शेखर पक्षको जोड परियारलाई सांसद बनाउनुपर्नेमा छ । गच्छदारको समूहले भने एकता प्रक्रियामा आएका अरुले चुनाव नजितेकाले योगेन्द्रलाई लैजानुपर्नेमा जोड दिएको छ ।
महत देउवाका सधैंका विश्वासपात्र हुन् । १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका उनलाई देउवाले प्रवक्ता बनाएका छन् । अर्का नेता श्रेष्ठ पनि सभापति देउवाका सधैंका सारथि हुन् । १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर पराजित भएका निधिले भने दोस्रो चरणमा देउवालाई साथ दिएका थिए । अहिले उनी सभापति देउवासँग सम्बन्ध सुधारका लागि प्रयासरत छन् ।
तुलनात्मक रुपमा कांग्रेसबाट संसदमा खस आर्य समुदायको उपस्थिति बढी भएपनि सभापति देउवाले महतलाई समानुपातिक सांसद बनाउन खोजेको नेताहरु बताउँछन् । महाधिवेशनमा दोस्रो चरणमा सहयोग गरेको गुन तिर्नका लागि उनले निधिलाई पनि रोज्न सक्छन् । कांग्रेस विभाजन गरेर कांग्रेस प्रजातान्त्रिक बनाउँदाको कालदेखि देउवालाई साथ दिँदै आएका श्रेष्ठ पनि उनको रोजाइमा पर्नसक्छन् l
कांग्रेसभित्र प्रत्यक्षमा प्रतिस्पर्धा गर्न हिम्मत जुटाउन नसकेर समानुपातिकमा बसेका नेताहरुलाई छनोट गर्न नहुने स्वर सुनिन थालेको छ । ‘दलितमा एउटालाई पनि प्रत्यक्षको टिकट दिइएन । अनि, समानुपातिकबाट पनि उनीहरुलाई रोक्ने ?’ कांग्रेसका एक नेता भन्छन् ‘समावेशिताको आधारमा दलितबाट जीवन परियार, थारुबाट योगेन्द्र चौधरी, र मुस्लिमबाट फरमुल्लाह मन्सुर आउनुपर्ने हो ।
देउवाका लागि विवेक प्रयोग गर्ने विकल्प भने कायम छ । दलित, मुस्लिम र थारु क्लष्टरको पहिलो नम्बरमा भएका व्यक्तिहरुको नाम उनले छनोट गर्नसक्ने अवस्था छ । समानुपातिक तर्फका उम्मेदवार छनोट गरी निर्वाचन आयोगलाई सूची पठाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार डाकिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर