Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

तीनकुने राजावादी वितण्डामा मुछिएका धवलशम्शेर छुटे, मिश्र छुटेनन्

प्रतिक्षा खबर
२०८२ बैशाख ८, सोमबार १९:२३
whatsapp sharing button

जनकपुरधाम, बैशाख ८ । राजा फर्काउने नाममा काठमाडौंको तीनकुनेमा भएको वितण्डामा मुछिएका राप्रपा नेता हाजिर जमानीमा छुटेका छन् ।
राप्रपाका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका हुन्।  आइतबार राति उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । क्यान्सर रोगले पीडित राणालाई उपचारका निम्ति सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको प्रहरीको भनाइ छ।

मुखमा क्यान्सर भएको ठाउँमा मासु पलायो र परीक्षण गर्दा राम्रो उपचारको आवश्यकता छ भनेर मात्र उनको श्रीमतीको जिम्मामा हाजिर जमानीमा रिहा गरिएको प्रहरीको भनाइ छ । राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख केन्द्रीय कार्यसम्पादन समिति सदस्य मोहनकुमार श्रेष्ठले पनि आफ्नो सामाजिक सन्जालमार्फत् राणा रिहा भएको जानकारी दिएका छन्।

राप्रपा महामन्त्री राणा करिब तीन महिना भारतका विभिन्न अस्पतालमा क्यान्सरको उपचार गरेर गत पुसमा स्वदेश फर्किएका थिए। त्यसपछि उनी राजनीतिमै सक्रिय रहँदै आएका थिए। उनले स्वास्थ्य उपचारका लागि हिरासत मुक्त गरिदिन आग्रह गर्दै आएका थिए।  चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। संगै पक्राउ परेका नेता रविन्द्र मिश्र भने अझै थुनामै छ । उनीहरूमाथि तीनकुनेमा भएको हत्या,हिंसा, लुटपाट र आगजनी भड्काउन भूमिका खेलेको आरोप छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर