Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

☰

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता

प्रतिक्षा खबर
२०८२ कार्तिक ३०, आईतवार १९:५६

महोत्तरी , गोपाल झा , कार्तीक ३० गते 

महोत्तरीको एकडारा गाउँपालीका वडा नं.१ स्थित प्राचिनकालका महरानीस्थान परिसरलाई सफा, हरियाली र सुन्दर बनाउने उद्देश्यसहित माँमहरानी युवा क्लबले आयोजना गरेको वृक्षरोपण तथा सौन्दर्यीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । माँमहरानी युवा क्लबलका अध्यक्ष रोहित मण्डल सहितका सम्पुर्ण सदस्य तथा स्थानीय युवादेखि समुदायका अगुवा, र स्थानिय विद्यालयका विद्यार्थीसम्म बृक्षारोपन कार्यक्रममा सक्रिय सहभागी भएका कारण कार्यक्रम निकै प्रभावकारी बनेको आयोजकले बताएका छन् ।      कार्यक्रम अन्तर्गत फूलका बोट, सजावटी प्रजाती ,  छायाँ प्रदान गर्ने रुख, फलफूलका बिरुवा तथा पर्यावरणमैत्री प्रजातिका करीब पचास वटा विभिन्न बिरुवाहरु रोपिएको क्लबका अध्यक्ष रोहति मण्डलले बताएका छन् । अध्यक्ष मण्डलका अनुसार आज रोपीएका बिरुवाहरुले आगामी वर्षहरूमा महारनी स्थान परिसरको सौनदर्य बृद्धि , क्षेत्रको वातावरणीय संतुलन, र गर्मी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।      माँमहरानी युवा क्लबका उपाध्यक्ष तथा कोषाध्यक्ष सम्भु ठाकुर सचिव रबिन महतो सदस्यहरु सितलेश मण्डल ,रबि तिवारी सहितका पदाधिकारीहरूले आफ्‌नो गाउँलाई सफा र हरियाली बनाउने अभियान चलाउने भन्दै “हाम्रो गाउँलाई सुन्दर र स्वस्थ बनाउने जिम्मेवारी हामी सबैको हो । आज हामीले रोपेका यी बिरुवा भविष्यमा हाम्रो पहिचान र गर्वको आधार बन्ने ” क्लबका प्रतिनिधिले बिश्वास ब्यक्त गरेका छन् ।

बृक्षा रोपन कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि यस्तो पहलले समुदायमा वातावरण संरक्षणप्रति चेतना बढेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै बिभिनन विद्यालयका विद्यार्थीहरूले समेत रुख रोप्दै वातावरणबारे सीख्ने अवसर पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।       यता स्थानीय जनप्रतिनिधिहरूले माँ महरानी युवा क्लबले अघि सारेको अभियानको प्रशंसा गर्दै गाउँ–समुदायको विकासमा युवाहरूको सक्रियताले सकारात्मक प्रभाव पार्ने जनाएका छन् । “यस्ता गतिविधिले गाउँको सुन्दरता मात्र होइन, जनस्वास्थ्य र वातावरण दुवैमा फाइदा गर्छ,” उनीहरूको भनाइ छ ।        एक साताअघि मात्र यी युवा क्लबले आफ्‌नो सम्पुण आर्थीक खर्चले यही महरानी स्थानमा पुजा–अर्चना सहित रामनाम अष्टयामको भव्य आयोजना समेत गरेको थियो । धार्मिक, सांस्कृतिक तथा सामुदायिक एकता अभिवृद्धिमा योगदान गर्ने उद्देश्यसहित गरिएको उक्त अष्टयाममा स्थानीयहरूको उत्साहपूर्ण उपस्थिति रहेको क्लबले थियो । धार्मिक कार्यक्रम तथा समाजसेवा—दुवै क्षेत्रमा सक्रिय भूमिकाले क्लबप्रति समुदायको भरोसा अझै बढेको स्थानियहरुको भनाई छ ।      कार्यक्रम सफल बनाउन सहयोग तथा सहभागिता जनाउने सबैप्रति क्लबले धन्यवाद व्यक्त गरेको छ । क्लबका अध्यक्ष मण्डलले आगामी दिनमा धर्माीक कार्यक्रम सहित सडक छेउ वृक्षरोपण, सरसफाइ अभियान, स्वास्थ्य सचेतना कार्यक्रम जस्ता सामुदायिक कार्यहरू निरन्तर अगाडि बढाइने जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर